जोर्ग लामाचौर पुग्दा झपक्क साँझ पर्यो । एकजना बाजेको घरमा बास माग्न पुग्यो ।
बाजेले कुरो नबुझे पनी यती राती पक्का नी यो गोरेले बाटो बिराएर बास खोजेको होला भन्ने अन्दाज
गरेर त्यसले बोलेको नबुझे पनी बुझे जस्तो गर्दै हुन्छ भनेर ल बस बाबू भन्दै बुहारीलाई
एकजना पाहुनाको खाना थप बनाउन इशारा गरे ।
यसो देखेको मात्र थियो जोर्ग सरोजेकी बुढीलाई हेरेको हेरै भयो । बाजेले यसको बुढो सरोजे विदेश छ
भनेर भनेको नबुझे नी ओ के भन्यो । आऊँछु भन्थ्यो खै के मिलाउदै छ अरे । मिलेपछी आऊँछु अरे ।
कहिले मिल्ने हो ? के मिल्ने हो ? भगवान जानुन ।
बाजेको रेडियो बज्दै गर्दा गोरे पिढीमा माथी पश्चिम तिरको आकाश हेर्दै पल्टेको थियो ।
जुरुक्क उठेर भाँडा मस्काउदै गरेको सीता छेउ पुगेर "वाटर भन्दै", बोल्न खोज्यो :-
जोर्ग : खानै फाक्यो ?
सीता : पाक्यो पाक्यो । अब एकछिनमा खाने हो ।
जोर्ग : ओ के । आई विल सी यू आफ्टर डिनर ओ के ?
सीता : हुन्छ हुन्छ । म बोलाउछु ।