मौसम न गर्मी न जाडोको दोसाँधमा गतिमान् थियो । यायावर प्रातः भ्रमणमा निस्केको थियो । अनित्य देहको आरोग्य स्वच्छ बिहानीको दृश्यावलोकन र लोकचरित्र अवलोकन गरी सदाझैँ उसका मुखेन्जी तीनवटा उद्देश्य थिए । भ्रष्ट नेताको सहस्र कुच्चिएको छविजस्तो सडकमा अलि पर चिने-चिनेजस्तो जीवको काया उसका नजरमा पर्यो । हिँडाइको चाल र लय नियाल्दा लाग्थ्यो मानौँ आपुनै थकित मानसको बोझ बोकेर सुस्त स्पन्दनहीन र उमङ्गहीन दशामा ऊ घिसि्ररहेछ ।
ती दुईका आँखा जुध्दा पुराना विस्मृतप्रायः सम्झनाका झिल्काहरु उठे । विक्रमाव्दको असीको दसकमा ती एउटा दुर्गम बस्तीमा एउटै विद्यालयका शिक्षक थिए । जन्मले उच्च जातमा परेको र एक पेट खान पुग्ने यायावर माध्यमिक तहमा पढाउँथ्यो । दुःखजीलो गरी एसएलसी पास गरेको त्यो जीव अर्थात् मुक्तिमान दर्जी प्राथमिक तहमा प्रताडित थ्यो । दर्जाले सम्मानित शिक्षक भनेर के गर्नु मुक्तिमान विद्यालयमा पल-प्रतिपल अपमानको सिकार बन्न श्रापित थियो । परम्पराको अमानवीय छायाँमुनि बिष्ट खलकको मिचाहा संस्कार लिएर आएका विद्यार्थीहरुका नजरमा उसको उत्रो मानभाउ थिएन । न त शिक्षक कक्षमा खेल-मैदानमा उत्सव-समारोहमा वा वनभोजमा नै उसलाई उत्रो आदरका दृष्टिले हेरिन्थ्यो । गरिब त ऊ थियो नै उच-नीचको रोगले गाँजेको कुरुप समाजमा ऊ अछूत पनि थियो ऊ दलित पनि थियो तसर्थ ऊ सर्वत्र अपहेलित थियो । कतैका कसैको सम्पर्कबाट अपहेलनाका चोटैचोट लागेको उसको आहत मानसमा एउटा लाल पार्टीको लालिमा पोतियो । र उसले त्यो मास्टरी त्यो अपमानको गुँड चटक्कै छाडेर भूमिगत राजनीतिमा होमिने अठोट गर्यो । नर्कतुल्य यो विद्यालयको सङ्गत मलाई अब पुग्यो आँखामा उदास भावुकता भरेर बिदाइको हात मिलाउँदै यायावरसँग उसले भनेथ्यो म कि हकका लागि लडेर मर्छु कि आपुनो दलित जातको मुक्तिका लागि केही गर्छु । यो छिःछिः-दूरदूर मलाई अचाक्ली भो ।
त्यसपछि तिनको भेट राजनीतिक मेसोमा आक्कल-झुक्कलमात्र भयो । ती जहाँ होउन् तिनका सपनाको रङ उस्तै थियो । आ-आपुनो ठाउँमा आ-आपुनो बुद्धि र हुतीअनुसार ती वामपन्थका जोदाहा थिए । क्षितिजवारिको यो जीवन कुरुप छ - यो तिनको साझा अनुभव थियो । क्षितिजपारि सुन्दर जीवनको सम्भावना छ - यो थियो तिनको पि्रय सपना । र ती दुईजना आ-आपुनै गतिमा क्षितिज नाघेर उतातिर सुन्दर कल्पनाको सुन्दर संसारमा पुग्न सदैव यत्नरत थिए । अहिले भेटघाट छुटेको धेरै कालपछि मनोहर बिहानीमा भ्रष्ट नेताको कुरुप अनुहार बिछ्याइएको सडकमा तिनको जम्काभेट भयो ।
जय नेपालु मुक्तिमान दर्जीको हाराहारी उभिएर यायावरले अभिवादन गर्दै सोध्यो एकाबिहानै कता
अचानक् भेट भएका पुराना मित्रको दक्षिणपन्थ ध्वनित हुने अभिवादनको झट्काले वाल्ल परेको मुक्तिमानको जिभ्रोबाट स्वस्फुर्त उत्तर फुत्कियो म पार्टी कार्यालयबाट ।
ए तिमी अझै पार्टीमा छौ
पार्टी मेरो आस्थाको मन्दिर हो जहाँ नहुनु भनेको म सकिनु हो दर्जीको उत्तरमा भक्तिभाव ध्वनित भयो ।
अँ अचेल तिम्रो पार्टी कुन हो यायावरले सोध्यो कि उही पुरानो उही पत्रु…।
पार्टी उही हो नाम फेरिएर नयाँ भएको छ ।
नयाँ शीशीमा पुरानो रक्सीको नाम
मेरो पार्टीको संशोधित नाम नुतन प्रकाश पार्टी हो ।
यायावर फिस्स हाँस्यो ।
नुतन प्रकाश भन्नु छल हो उसले भन्यो - तिम्रो यो पार्टी पुरातन अन्धकारको छलकारी संस्करण हो ।
हाराहारी हिँडिरहेको मुक्तिमानले यसोक्क मुन्टो उठाएर यायावरलाई हेर् यो । उसले देख्यो यायावरका ओठमा भित्रैसम्म घोच्ने खालको ब्यङ्ग्य-मुस्कान झुन्डिएको थियो ।
नरक जाने बाटोमै लिप्त भएछौँ उसले कटाक्ष गर् यो - औँसीको नाउँ पूर्णिमा राखेर अझै कसलाई छक्याउन खोज्या हौ
अपर्भुट भेट भएको पुरानो चिनारुको त्यो धावाकारी प्रश्न मुक्तिमानको बेचैन मानसमा वेगवान् ढुङ्गो भएर बजि्रन पुग्यो ।
पार्टीमा नयाँ जीवन भर्न कम्मर कस्ने विचार हुँदैछु आतेसको भावमा आपुनो जोगाउ पक्षमा उसले जिरह गर् यो ।
म त भन्छु - यो झाँक्री लगाएर कुहेको फसर्ीलाई कलकलाउँदो गट्टो बनाउने विचार हो ।
छिनभर ती हाराहारी सुमुसुमु हिँडिरहे । यायावरका वचनको तीरले मुक्तिमानको अन्तरमा दिग्भ्रमजस्तो पछुतोजस्तो अस्पष्ट भाव-तरङ्ग जगाइदियो । उसलाई थाहा थियो यायावर जोगी तालको मानिस हो । लोक दृष्टिमा ऊ केही न केही विचारवान् मानिस मानिन्थ्यो । उसलाई हिँहिँ गर्दै कसैका सामु निहुरिनु थिएन । न त उसलाई हात मल्दै कसैसँग केही माग्नु नै थियो । त्यसैले प्रायः उसका विचारमा सत्यको केही न केही पुट हुन्थ्यो । यहाँनेर मुक्तिमानले आत्म-संवाद गर् यो - आज यस मुलाले पक्कै पेल्ने भो उसो त तिम्रो पार्टी उदात्त आदर्शबाट पतीत भो तिम्रो पार्टी धनवादी भ्रष्टहरुको बल्छी भो तिम्रो पार्टीको दाइ नाइके पानी मिसाएको दुध बेच्ने बलराम भो यस्तो पार्टीको भक्त हुनु भनेको धनमार्गी ठगहरुको हनुमान हुनु होु भनेजस्ता वचन वाणको तारो बन्नु उसको दुःखद् दिनचर्या भइआएको थियो । तर अहिले यायावरले उसलाई कठोर प्रश्नहरुले जसरी घेरा हाल्यो त्यो भने चिताइनसक्नु थियो ।
अचेल तिमी चाइने कुन पार्टीमा छौ नि वार्ताको पीडादायी धारलाई अलि सजिलो दिशातिर मोड्ने मनसुवाले मुक्तिमानले कलेँटी परेका ओठ चलायो ।
म आपुनै विवेकको पार्टीमा छु यायावरले आपुनै तालले भन्यो - म आफैँ आपुनो पोलिटब्यरो म आफैँ आपुनो मार्गदर्शक ।
.............................................................................coming