[Show all top banners]

SimpLe_KeTa
Replies to this thread:

More by SimpLe_KeTa
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 फेरि आयो रात प्यास लिएर
[VIEWED 9912 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-11 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 


फेरि आयो रात - प्यास लिएर
फेरि लाग्यो मात - सास पिएर
मोहनी लागे जस्तो
पहिलो प्रेम जस्तो
फेरि आयो रात - प्यास लिएर

मेरो सुन्ने कोही छ कि ?
आफ्नो ठान्ने कोही छ कि ?
मेरो मन बहकिंदा
साथ दिने कोही छ कि ?

पिलाई दिने कोही छ कि ?

उसको ओठ जस्तो
मिठो गीत जस्तो

फेरि आयो रात - प्यास लिएर

भोलि कस्ले देख्या' छ र ?
मरिलानु के नै छ र ?
बरु मर्छु म पिएर
यहाँ को नै अमर छ र ?

यहाँ को नै खुशी छ र ?

पहिलो चोट जस्तो
गहिरो खोट जस्तो

फेरि आयो रात - प्यास लिएर
 
Posted on 01-21-11 8:18 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dukha lagdo chha hai yo kabita ta!!! ramro chha tara.

 
Posted on 01-21-11 9:27 PM     [Snapshot: 181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awesome poem...simple and touchy.....
 
Posted on 01-22-11 7:06 AM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमुल्य समय निकालेर मिठो हौसला लेखि दिनु भो

likes मा क्लिक गरि दिनु भो

धन्यवाद

 
Posted on 01-22-11 11:08 AM     [Snapshot: 310]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ। लेख्दै जाऊ, हौसला छ है।
 
Posted on 01-25-11 4:56 PM     [Snapshot: 459]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

के छ हौ गाउँले!!! अरु त केहि नभए नि यसो अक्षर शब्द बाडे है! पुराना दिनका हुन्

येदि तिमी भेटियौ भने...


कुनै परिचित गाउँका गोरेटोमा
फेर्दै गरेका अन्तिम सासहरुमा
भर्थेक नभेटिनु
येदि तिमी भेटियौ भने:
भनीदेउ
पल्ला घरे भान्दाईलाई
बेसीमा आज रोपाई हुदैन
माथ्ला गाउँका हर्कट्टे कान्छोलाई
पानी घट्ट बिग्रेछ
वल्ला घरका ठुली दीदीलाई
नुन पैचो रह्यो भनिदेउ
माने भाईलाई
बम्बैई जाने रेल छुट्यो
भनिदेउ
हाम्रा दाईलाई
खेत आधै जोतेको छ भन्नु
बाख्राहरु राङा भिरमा चर्दैछन्
भाउजुलाई भनिदिनु
रामहरि बाँजेलाई खबर दिनु
पूजा नचढ्ने भो!
शिव सरलाई नबिर्सी भन्नु
स्कुलको घन्टि हरायो
बिर्खे माईलाको दोकानमा
उधारो मागिदैन
पान्लोटे बाजेको होटेलमा
चियाखान भ्याईदैन
अन्तरे लहुरेसँग
तास खेलिदैन
काजीबाँ कहा
भाका नाग्ने भो भनिदेउ
सान्मैयाँलाई कुवैतजाने भिसा
बन्द भयो भनु
चौरमा बिरे काकाको भाषण
सुन नपाइने भो भन्नु
धुर्बेलाई जङल नपसेस् भन्नु
डडेलो लागेछ
सानेलाई सेनामा नलागेस्
बैरि लागेछ भन्नु
बिदेशिएका धर्मेलाई भन्नु
देश नलाग्नु बाटो बन्द छ
बिकासे तिलकबाबुको मिटिङ्
छुटने भो खबर दिनु
ति सधै तर्किहिड्ने ऐसेलुलाई
अब पछ्यौदिन भनिदेउ
पधेरो जादा गाग्रीमा
ढुङ्गा हुन्न भन्नु
अनि बज्यैलाई सन्चै खबर दिनु!
भर्थेक नभेटिनु
येदि तिमी भेटियौ भने:
भनीदेउ...

कवि
        -सुब्रत

 
Posted on 01-26-11 8:43 AM     [Snapshot: 632]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सुब्रत लाई समरपिडित तात्तातो शब्द...

बिदेसि साथि लाई
मेरो नमस्कार
भोको त छु नै
तर दिम्ला संसार
यदि हाँसेर हेरि दिन्छौ भने
अनि आँसु पुस्छौ भने
अँ, साच्चै...
भन्दिनु भन्या छ …

दुखि छु - मरेको छुईन
दबेको छु - मौन छुईन
थाकेको छु - भाग्या छुईन
नेपालि नै हुँ हारेको छुईन

अँ, साच्चै...
अनमिन आउँदा रे शान्ति बंबै गाकि
अनि उतै धोर्ले छोरो बिकाश पाई रे
हिजो पोको जोडेको उस्ले खाई नखाई
उपिँया सहित माईति नेपाल पठाई रे
यस्तै हो ताल यस्तै छौ हामि
यस्तै छ यहाँ के सुनाम र खोई...
बिदेसि साथि तिम्लाई के ढाँट्नु र खोई

दुखि लाई - मार्नै आँटे
दबेको लाई - डुबाउन खोजे
थाकेको लाई - भार दिये
नेपालि लाई बर्बाद पारे

३०० गुन्डा पाल्या छन रे
धारा उपधारा लगाई हाल्छन रे
मानेन भने ठोकि हाल्छन रे

लौन दुखि लाई हसाउ बरु
दबेको लाई उठाउ बरु
थाकेको लाई सुत्न देउ
म नेपालि लाई चंदा देउ






बाई

 
Posted on 01-26-11 8:58 AM     [Snapshot: 638]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

केटा र सुब्रत दुवैलाई मिठो रचनाको लागि साधुवाद!

 
Posted on 02-06-11 11:19 AM     [Snapshot: 958]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन हो...
सुब्रत सरको साहित्य जत्ति पढ्छु, झन-झन मन पर्छ... !

निक्कै राम्रो लेख्नु हुन्छ।

सिक्दै छु गुरु मानेर।

कस्तो राम्रो फ्रेम, कस्तो राम्रो प्लट... अनि ट्विस्ट पुव्छरमा। लाजवाब!
सिक्दै छु यो तरिका आजकाल म नि'... आसिर्वाद दिनु होला।

:)

बाई!

 
Posted on 03-24-11 11:23 PM     [Snapshot: 1558]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

simpal ji
शब्द चयन् बेजोड छ् ,यो कबिता गजल म् लाई असाध्एइ राम्रो लाग्यो |
 
Posted on 03-25-11 4:47 AM     [Snapshot: 1602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

subrath ji, what a poem....what a plot and execution !!! its not new...i have definitely read something similar but it is one of the better one...one of the best on our sajha....
simple_ keta and subrath, keep it up ...hope to read some more...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
lost $3500 on penny stocks !!!
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Is this a progressive step?
1974 AD Pinjadako Suga Remixed
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters