pire
Replies to this thread:

More by pire
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म पनि नयाँ राजावादि

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 11857 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-24-07 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जति म कहिल्यै डिप्रेस्ड भएको छैन भन्दा हुन्छ। माओबादिले यता एमालेलाई भकुरे रे, उता जनजातिलाई, झन उता त्यो उपेन्द्र यादवकोलाई, हरे के को गुण्डागर्दि हो?

अब मधेसीहरु र जनजातीको नेताहरु पनि राजा रहिञ्जेल यिनिहरु कानमा तेल थापेर बसे, कसैले केहि लछरेको हैन, कसको के इतिहास हो भन्ने पनि मलाई थाहा छैन। आज सबैलाई चक्काजाम गर्न पर्ने, स्कुल बन्द गर्न पर्ने, आन्दोलन गर्न पर्ने। अनि हाम्रा नेताहरु हेर्नुस, युनिभर्सिटिमा कुलपति पनि पार्टीको मान्छे राख्ने रे प्रभु।

यस्तो गाइजात्र हेर्नु अघि बरु म मरेको भए नि हुने जस्तो लाग्छ। किन भन्दा अब मैले पनि मेरो लोयाल्टी शिफ्ट गर्ने बिचार गरेको छु।अब प्लिज यो मधेसीहरुलाई मधेस (भनेर त्यो नौ दस वटा जिल्ला ) छुट्ट्याइदिम। स्वतन्त्र राज्य भने स्वतन्त्र राज्य सहि। नेपालमा भएर नि हामी सिधासाधालाई कौन सा खुल्क्या'थ्यो र? डोको नाम्लो नगरी खान नपाउने जनता देश भरि छन, त्यो मधेस हाम्रो भएर के नभएर के। बरु नभए त कमसेकम मात्रीका, गोइत, ज्वाला, उपेन्द्र आफैआफै लडेको र मारकाट गरेको खबर त सुन्न पर्थेन। त्यो बिरगञ्ज त झन इन्डियाको जेलमा बसेको गुण्डाले चलाएको शहर। प्लिज लैजाउ र तिमिहरु आफै चलाउने हो कि लालु सँग मिलेर चलाउने हो चलाउ। प्रजातन्त्र नपचेको हरुलाई के भन्ने त?

अनि, हाम्रा नेता हरु लाई पनि प्रजातन्त्र नपचेको। उनैका सन्तानलाई ठुलो पोस्ट चाहिने रे। के फौजी कार्बाही गर्ने शहर आन्दोलन गर्ने भन्दै भुक्दै हिड्न पर्‍याछ त्यो माओबादिहरुलाई। भोलि हाम्रो धन सम्पति को रक्षा नहुने, हाम्रा छोरछोरिलाई पढाउनेकुरो अठारौँ सताब्दिको सिद्धान्त हुने, सबैले प्रचण्डलाई लाल सलाम गर्न पर्ने हो भने त्यो भन्दा त बरु ज्ञाने ठिक हैन? त्यो सालाको पुर्पुरोमा तिन तिन पटक राजा हुन लेखेको जस्तो छ, खाओस।

मैले कहिल्यै राजाको सपोर्ट गरेको थिइनँ, आज बिहान सम्म पनि रिपब्लिकन थिएँ, तर आजको न्युज पढेपछि मेरो सबै उल्लास हरायो। नेताहरु, प्लिज कि शान्ति ल्याउ, निर्वाचन समयमा गराउ, विश्वविद्यालय हरु राम्रो बनाउ, सबै ठाउलाई आफ्नो भर्ति केन्द्र नबनाउ, नत्र आमाको कसम, मैले ज्ञानेलाई भोट हाल्छु। म तिमेर्को कमारो त हैन नि। त्यो सालाको पुर्खाले आर्ज्याको मुलुक हो भन्थ्यो, खाओस।
 
Posted on 02-24-07 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे, सुत्नु अघि साझा चेक गरेको त यस्तो पो रैछ।

अर्को चोटि चेक गर्दा त दरो भेट्ने होला ब्रो ले रेप्लाइ हरु ।
 
Posted on 02-24-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaha...Nice one..

I am sure , People are thinking exactly like you.Nepal is going to be next Afganisthan .I have no doubt about it.I know Prachanda and Maoist is going to be unsuccessful in CA that is why they want all their demands fulfiled now!!!!!
4000 arms ???joke !!!!
Declare republic without CA!!!- invite another big revolution
Federal republic of Nepal - birth of few more small countries.


I support democracy and i told my friends before SPAM had pact that this King is so stupid that he his going to get kicked out.But Sad thing is SPA does not support democracy neither Civil leaders or Nepalese.

Nepal is going to be worse from bad:(
 
Posted on 02-24-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In all fairness, I never trusted Maoists and maoism. They're the same shitty politicians trying to create a new goverment under the backings of all the stupid poor ones who have failed to realized their true intentions till now thanks to uneducation and ignorance. I always believed in the Kings and I shall always continue doing so as long as the kingship exists in Nepal. Stupid majority of Nepalese ignored the King's true intentions thanks to his son's idiocracy. I heard that Paras got beaten in Thamel recently. No surprises. Still, King is the person of the last resort to save Nepal from drowning in the ocean of troubles and sorrows and I don't see anybody protecting Nepal from sinking now, forget drowning unless the Royal Nepalese Army takes over everything!
Regardless of what you guys view about Prachandapath, I shall always despise Prachandapath. His "path" has brought nothing but sorrows and tears so far, only time shall tell how great his plans truly are! Up until then. Jay Desh , Jay Naresh.
 
Posted on 02-24-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनेको छ पहरा ले यो छाति मेरो
बगेको छ छहरा रगत मा मेरो
पखेरु म जन्मे, टाकुरा मा खेल्ने
म झुक्तै नझुक्ने, नेपाल को छोरो

ओथे को रोति ले मेरो पेट भरिन्न
मागेको धोति ले मेरो लाज छोपिन्न
धुतियेर हात पाउ झरि जाउन नौला
तर कोहि आगढि ई हात जोडिन्न

म आगो सहन्छु, अन्याय सहन्न
म तृस्ना सहन्छु, तिरस्कार सहन्न
मेरो सिर उडाउ, बरु त्यो सहन्छु
तर कोइ पराईले, टेके सहन्न
 
Posted on 02-24-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो फोरम र माओबादी लड्दा किन पुलिसले छुट्ट्याउन जान परेको। मजाले मारकाट गर्न दिए भएन? बिचरा चारचार जना पुलिस त्यसै घाइते भए।

http://www.kantipuronline.com/kolnews.php?&nid=101742

"
Four police personnel were also injured in an attempt to break up the fight between the Maoists and the forum members.

Condition of Police Sub Inspector Gunj Bahadur Gurung, who was seriously injured when a gun went off accidentally in the ensuing chaos, is critical. "


अस्ति भर्खर बिराटनगरमा सइ लाई तेस्तरि काटेर मारियो। लाउला र खाउला भन्ने उमेरमा उसको स्वास्नी बिधवा भइन। आज गुरुङजी मर्नु र बाच्नु को दोसाँधमा छन। त्यो फोरमले कुनै संवेदना कहिल्यै ब्यक्त गर्‍यो?

माओबादी र फोरम दुबै पुर्ब माओबादी हरुको ग्रुप हो। यिनीहरुलाई मर्न र मार्न दिउँ। छुट्याउनाको कुनै काम छैन।
 
Posted on 02-24-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In BBC, interview with Madeshi and Indigenous Liberation Front Interviews:

online Audio interview:

http://www.bbc.co.uk/nepali/

 
Posted on 02-24-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pire bro if u read recent kantipuronline u might find another encroachment by india

i thought that should have been no1 topic discussion
 
Posted on 02-24-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I totally agree with the following post made by "shyam" in sebsonline.

मेरो बिचारमा पहाडियाहरुले जे गरेपनि, जसो गरेपनि धेरै जस्तो मधेसिहरु हामीलाई 'हेट' गर्छन। ४९ प्रतिशत सिट दिएपछि पनि केको आन्दोलन हो? यदि उनिहरु भारत को एक भाग हुन चाहन्छन भने त्यो हुन दिन पर्छ। यो सबै बिहारीहरुलाई निर्वाध नेपाल आउन दिएको फल हो, तर अब हाम्रा पुर्खालाई सरापेर के गर्ने?

सानै भए पनि हामी मरिसस भन्दा ठुलो हुनेछौं। शायद त्यसो भए पछि झन आफ्नो देशको माया लाग्ला। सके सिक्किम र दार्जिलिङ लाई तानौं, हैन भने पनि यो झगडिया गोइत, ज्वाला, मधेसि कोब्रा, उपेन्द्र यादब हरुलाई नेपालि भन्न छोडिदिउँ। जिल्लाजिल्लामा चुनाब गरौँ, जसलाई नेपालमा स्वतन्त्र भएर बस्न मन छ, उनीहरु बस्छन। जसलाई इण्डियन हुनुछ, होउन।

सोझा गरिब नेपाली को आङमा एकसरो कपडा छैन, खान नपाएर भौंतारिएर हिड्न परेको छ, कोहि कतारमा घाममा काम गर्दै मर्‍याछन, कोहि बम्बैको कोठिमा। हामीलाई अझै अब लड्नु छैन। आन्दोलन चाहिएको छैन। यो साला माओबादीले गर्दा देशले दुख पायो, टुक्रने भयो, तर त्यो मधेसिहरुको पनि कम दोष छैन। हिजो राजाले शासन लिदा बद्री मण्डल उपप्रधानमन्त्रीहुदा सबै मधेसि मक्ख, कहाँ थिए प्रजातन्त्रको लागि संघर्ष गर्ने बेला यि उपेन्द्र यादबहरु? आज सबैलाई प्रजातन्त्र असफल पार्नु छ।

मधेसी जनतालाई नेपालको भागमा बस्छौ कि उता भनेर चुनाव गरेर आफै रोज्ने मौका दिउ। यदि हाम्रोमा बस्छु भने भने त्यो भेग बाट उपेन्द्रे ईत्यादिलाई तुरुन्त लखेटौ,भारतको भाग हुन्छौ भन्नेलाई तुरुन्त छुट्याइदिउ। देश भनेर माया नगर्ने, कर्णाली को, मनाङको जनताले पाएको सिटको डाहा गर्ने, सधै भरि लड्ने, चोरि डाका गर्नेलाई हामीले के गर्ने त?

------

From sebsonline.org, shyam writes:

I wonder how many Madhesi feel that they are Nepali. I think they have intense hatred towards Pahadis and would rather be a part of India rather than part of Nepal. This theory seems to be streanthen by friends I have in Terai whose family seem to prefer marraige to an indian than to a Nepali. There seems to be even more hate for the people in KTM. Maybe due to all the abuse they seem to get in the valley. Being called 'Dhoti' etc. To be honest I have heard a lot of abuse being hurled at the madhesi's in my childhood. So their hate seems natural. Hate to the point that they want to starve the people in the valley.

So if there is this inherent hate then what is the solution? let the tarai go on its own. Or let it go with India. Afterall that is how they feel. In today's world, poor countries like Nepal cannot afford seperatist revolution. But I will add being a part of India is not going to be easy for Terai. India has a strange habit of making the poor poorer and rich the richer. And North is definitely not the later side.

All I seek from Terai is 10 safe passage to India. Not just allowance but land that we can have our army on. That is all. 10 passage vs all the land that the supposed pahadis won in historic times. But obviously Tarai being a democratic land should vote on region by region basis whether they want to be in Nepal or India.

May be we can even do a swap with India. My recent visit to some parts in north India, I was suprised of strong feeling towards Gorkha Land. We will welcome people who wants to be Nepali with ope arms. And to those who dont CIAO! Let us live in peace.
 
Posted on 02-24-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pire bro not a single inch of our land to indians, our ancestors fought for this land we are living in so we have the duty to protect it.

When those brave people fought that time against the world most powerful empire, they might have thought that the coming generation is going to be with them, at least on the same page in protecting our land. If they didn't wanted this land for us why would they have fought, british they told Amarsingh that they will make him king of certain land when he goes with british. Why did our ancestors fought ? if we didn't had fight we would have lost our identity. That is our land, so we ain't gonna let it go. I am gonna fight till death if it happens.

pire bro, i thought you have good heart of a nepali but now i am thinking to consider my one vote for someone else. thought u have good knowledge about history and let us know why those brave people fought for us without drinking water, without any food.

Why did they fight ? pire bro u think they fight cause u can have nepali passport and come to US and give 2 cents lecture, and forget the identity of ur own, naked in the street but the king doesn't know he is naked.

i support ur view of getting those lost lands, to get those lands back we need political stability. To get that political stability, i was thinking abt voting u and make me mad pire bro. SOOO , plz have respect for what ur forefather did for u . just for u so u can breathe nepali air.
 
Posted on 02-24-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे ब्रो, कति छिटो हरेश खाएको? चरेश खाउ तर हरेश न खाउ भन्छन्, बुढापाका ।
राजाबादी बन्न स्वतन्त्र छ, तर मलाई थाह छ, तपाईं को आत्म कहिलेइ मान्ने छैन । बिचारेर गढेको आस्था चिता मा पनि जल्दैन ।
भाँड्भैलो को देश बनेको छ, कुरुप भैसकेको छ देश । चोक्टा चोक्ट लुछ्न तयार छन बिदेशी पालुवा ब्वाँसाहरु । दरबार ले एकै चोटि १३ करोड को खर्च लाई ६३ करोड पुर्‍यायो। त्यति बेला राजनैतिक् पार्टि केहि ले बाहेक् बोलेनन्। आज तिनै ६३ करोड् हरु तराइ जलाउन, जनजाति जलाउन तेल किन्न खर्च गरेको कुरामा बिश्वास् गर्नै पर्ने हुन्छ। तपाइले भने जस्तै, ती उपेन्द्र यादबहरु लोकतन्त्र लडाइमा कहाँ थिए। हारेको लालु जिताउन बिहार् मै थिए त होला नि। अन्तरिम सरकार तानाशाह हरु को त होइन नि? तिनीहरुको बोल्ने लेख्ने र शान्तिपूर्वक भेला सभा गर्ने अधिकार माथि ज्ञानेको धारा लागेको त छैन नि?
चुनाव हुँदै छ, तिनीहरुले भाग लिन पाउंदैन भनेर प्रतिबन्ध लागएको त छैन नि । जितेर आउ, संबिधान आफ्नो अनुकुल बनाउ । कसले रोकेको छ ।
माओवादी ले जस्तै फोकट्मा सांसद बन्न चाहेको हो भने,त्यही अनुसार को माग हुनु पर्‍यो, बिचरा गिरिजाबाबु ले बिचार गरिनै दिन्थे ।
कहिले न निभ्ने आगो जलायो । त्यो दुईजाती बिच आत्मियता फर्किन्न अब ।
मर्ने बेला पनि घरमा आगो लगाउने जुन धृष्टता ज्ञाने ले गर्‍यो नि त्यही कारण ले आज झन म राजातन्त्रको बिरोधी भएको छु ।
हिजो सम्म म पनि राजालाई त्यसरि पाखा लगाउन हुन्न, अलिकति श्पेस ( गिरिजा बाबु को शब्दमा) दिनु पर्छ जस्त लागेकोथ्यो । म गलत रहेछु । जिन्दगी लाई बिस्तारै बुझ्दै छु । २०३९ साल तिर राजा बिरेन्द्र को बारेमा निबन्ध लेखेर राष्ट्र ब्यापी प्रतियोगीतामा स्वर्ण पदक जितेको थिएं । त्यतिबेला को खुशी अहिले पश्चाताप गर्दै छु । मैले जे लेखें त्यो गलत लेखें । मलाई गलत पढाइएको थ्यो, मैले गलत नै लेखें। तर लेख्ने हात् त यिनै थिए। त्यसरि नै त्यहि साल्, रानी एश्वर्यको बारे मा पनि निबन्ध प्रतियोगीता भएको थ्यो, त्यसमा पन दोस्रो भएं नेपाल भरिमा । एकजना मण्डले को छोरो प्रथम भयो ।
त्यो बेला को सफलता नै अहिले पीडा बनेको छ ।
बिशेश्वर प्रसाद कोइराला लाई मर्न अमेरिका मा उपचार गर्न भनी झुक्याउने राजालाई मैले प्रजातन्त्रबादी, जनताको आँशु पुछी बक्सिने, लोकसम्मतिलाई शासन ब्यबस्था
को आधार मान्ने राजा भनेर लेखें । मैले गलत लेखें । मैले झूठ लेखें> अस्तु!
 
Posted on 02-24-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोपा र राहुल बर्दरहरु,

हुन त हो, एक इन्च पनि हाम्रो जग्गा नदिम जस्तो मलाई नि लाग्छ।तर यदि हामीले यसरी नभनिञ्जेल त्यो सोझा साझा मधेसमा भएका जनताले कहिल्यै त्यो राँडाको छोरा माओबादीका झड्केलो सन्तानहरुलाई नचिन्ने भए। इण्डियाले जबर्जस्ति लान खोजे त हामी फाइट गरम्ला भन्ने हुन्थ्यो, तर तेस्तो पनि छैन।

तराईमा दश पन्ध्रवटा पार्टी त होला। टेरोरिस्टहरु, बिहारीहरु ले दादागिरि गरेको ठाउँ छ। झन प्रजातन्त्रमा भबिष्य देख्नु कहाँ छ यहि प्रजातन्त्र खान खोज्ने? के गर्दा आफ्नो भलो, आफ्नो सन्तानको भलो हुन्छ भन्ने नसोच्ने? मैले जि आर इ पढ्दा एउटा प्यासेज पढेको थिएँ, बिहारलाई छुट्याइदियो भने अझै संसारको सबभन्दा गरिब देश हुन्छ रे। मैले राजालाई सपोर्ट गर्छु भनेर मनले भनेको हो र भन्या बर्दर? त्यो नेताहरुलाई तर्साउन पनि यसो गर्नुपर्ने रैछ। तपाइले त्यो युनिभर्सिटिमा पार्टीको कार्यकर्तालाई भिसि बनाउने प्रस्ताव पढ्नु भो होला? यसरी चल्छ देश? खै बुद्धि? खै देशको माया? झन शान्ती आउला भनेर तेत्रो आन्दोलन गरेको हैन? खै, न अन्तरिम सरकार टाइममा भा'छ, न संसद, तपाइलाई विश्वास नलाग्ला, यतिखेर पनि कतिपय नेताहरु विदेश यात्रामा छन, उता निर्वाचन आयोग हाम्लाई कानून बनाएर देउ भनेर र्‍वा र्‍वै छ, खै जिम्मेवार बिहेवियर? अनि उता राजालाइ बसिबसि करौडौ दिएको छ, त्यसै पनि, अब काम पनि गर, खानै जन्मेको रैछस खा भन्न परेन?राहुलभाई, मेरो यो हातले पनि 'श्री ५ बिरेन्द्र र शिक्षा बिकास' भन्ने नौटंकी निबन्धमा लेखेर एकताका राष्ट्रीय पुरस्कार जितेको थियो। के गर्नु, हामीलाई दासै हुन लेखेको। के बाहुन, के नेवार, के पहाडे, के क्षेत्री, दुख सबैले पाइयो, अहिले यो राडाको जार उपेन्द्र यादबहरु देश टुक्र्याउन पाए भन्दै हिडेका छन।

हाम्रो देशको टुक्रा लिएर लालु लाई चढाउन गएपनि त्यो साधुराम यादब कि के जाति भन्ने बिहारीहरुले यिनीहरुलाई बाल गन्ने चाहि हैन। 'जो अपनेका भला हो नसका, वो किसिका नहि होगा' भन्छन। मिथिलाको सांस्कृतिक रुपले काठमाण्डु सँग र नेपालसँग बढि नाता छ। जो हामी सँग मिलेर बस्न सकेनन, तिनलाई अरुले पनि पत्याउदैनन। तर के गर्नु,यिनको घैंटो मा घाम लागे पो।

थोपा बर्दर, मलाई तपाइको भोट गुमाएको मा पिर छ, तर बर्दर, अहिले भोट भन्दा'नि शान्ति चाहियाछ। बरु मेरो भोट तपाइलाइ दिन्छु, जसरि हुन्छ तपाइनै सोल्भ गर्नुस।
 
Posted on 02-24-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Pire bro,
You may say that i hate maoist and so on :
Maoist are devil they are bigger devil then any royalist.
Royalist , may be because of love of thier own property or love of what , they love Nepal more than Maoist.maoist are junglie and they are the one who ignited these racial issues in Nepal.Who gave birth to JTTM?
So, as long as maoist are there in Nepal.You cannot have peace.First, eliminate maoist if you can.Then eliminate King and corrupt politicians.

You are sad because , Some cadre is going to be VC???i am not even surprised.This is how they SPA thugs run country.You may say i unnecessarily curse the SPA leaders.But the fact is they haven't changed.

There should not be any kind of politics in education .How many university in US allows this sort of stuff?
Nepalese politicians haven't learned they need to suffer more !!!!!!
every donkeys like deuba need to be jailed .See how easily Khume, wagle esacaped??

You cannot make new Nepal unless law is above politics!!
 
Posted on 02-24-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IMI
"you cannot make new nepal unless law is above politics!" i think u are wrong

totally wrong


you should have said
" you cannot make new nepal unless politics is above the law!"
i think so
 
Posted on 02-24-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmmm..interesting please explain your perspective.
well i think i should have said :
Law and Politics should be independent of each other not above or below.what do you think?
anyways,
law should be above internal politics because it should be same for every individual, king to beggar.The law should not be manipulated or should not be interepreted for political advantages.Independent Juduciary gurantees the right of the people .Political parties cannot intimidate judge (the law interpreters).
 
Posted on 02-24-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यि सबै सात सालको प्रजातंत्र पछि देशको स्वार्थ लाइ छोडेर दलहरु
जसरि अ आफ्नो निजिगत स्वार्थ पुरा गर्न व्यस्त थिए त्यहि हुदैछ, इतिहास आफै दोहरिदै छ्...अनि भारतिय बिस्तारबाद्को इतिहास पनि... यि चोर हरुलाइ नेपालको कुनै माया छैन बरु दरजिलिंग र सिक्किम संग नै साट्ने सबैभन्दा सांतिपुर्ण उपाय हो कि ? अनि हेरओ कतिजना यि परमेंद्र्रहरुले समानुपातिक मौका पाउलान डक्टर इंजिनेर हुने बिस्वबिध्यालय चलाउने, बिहारि भएपछि...नेपाल र बंगलादेश को दुरि धेरै छैन रे बरु त्यहि पुल बनाउने हो कि ? कुनै बादि दल हरुको बिस्वास छैन कि तिनिहरुले बहुमत पाउछन भनेर..भद्रगोलका कारण यही हो...राजाको हात भएको भन्नु पनि कोठे पत्रकारिता नै हो बिना प्रमाण...उहि माओबादिको हतियारको कुरा जस्तो...देखाए बिहारबाट ल्याए भन्ने नदेखाए लुकाए भन्ने...अब के गर्ने ? तर धनि राजा देखी लिएर यि गरिब भन्ने माओबादि सबै चोर डांका हुन अ आफ्नो स्वार्थ मात्र देख्ने सब बराबर कुनै तलमाथि छैन...

 
Posted on 02-24-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WHOM TO TRUST ? People ordinary people they do not have trust on their so called leader like girija and makune

this lack of leadership is frustating but once it emerges it comes as hell gets apart.
 
Posted on 02-26-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरेजि,तपाइका लेखहरु पड्दा लाग्छ,तपाइको बिस्वास लोकतन्त्र प्रति छ।धेरै नेपालि जस्तै तपाइँ पनि शान्ति र विकाश चाहनु हुन्छ।र जसरि आज देश दन्डहिनताबाट गुज्रीरहेको छ,कानून नभएको देश झै,तपाइ,म अनि धेरै नेपालि वाक्क दिक्क भएका छौ,निराश भएका छौ।तर नेपालको मूल समस्याको जड भनेको अधिकाँस नेपालि जनताको रगतमा कुनै न कुनै राजनितिक पार्टिको आस्थाको सँचार हुन्छ।हामि कि माओवादि,कि राजावादि या खाओवादि हुनमा नै रमायौँ।हामि वादबाट अलग भएर नेपालि भएर सोच्न सकेनौं।जुन दिन नेपालि भएर सोच्न सुरु गर्छौँ,एउटा नया क्रान्ति सुरु हुन्छ,सुद्धिकरणको क्रान्ति।तेहि क्रन्तिले मात्र नेपालको केहि होला नत्र,राजावादि वा कुनै वादि भएर केहि हुनेवाला छैन।मेरो लागि,राजा रहुन य नरहुन,प्रचन्ड मरोस य बाचोस,गिरिजाले नेतृत्त्व गरोस य अरु कोहिले केहि फरक पर्दैन।मात्र मलाइ कुनै पनि शर्तमा शान्ति र विकाश चाहिन्छ र त्यो नेपालि भएर सोच्न सुरु गरे पछि मात्र प्राप्त हुन्छ।अहिलेकै यथास्थितिवाट त्यो सम्भव छैन।
 
Posted on 02-26-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु दा' को कुरो चित्त बुझो है मलाइ नि । दिग्गज दिमाख भ'का, नेपाल बाहिरको संसार देखेका, इतिहास जानेका, वर्तमान बुझेका हस्तिहरु त गिरिजा, प्रचण्ड, माधव, ज्ञानेन्द्र, देउवा, रोहित, गोइत भन्दै भेडे तर्कमात्तै गर्ने अघि सर्ने, अनि कहाँ हुन्छ? जो सुकैले गरोस, तर राम्रो कामलाइ राम्रो, नराम्रोलाइ नराम्रो भन्नेतिर नलागे सम्म यस्ता वादविवादहरुले खासै अर्थ राख्ला जस्तो मलाइ नि लाग्दैन । यो वादि र त्यो वादि भन्ने छाप निधारमा लागेपछि सहि कुरा पनि गलत देखिने, गलत पनि सहि देखिने दृष्टिभ्रम हुन रत्ति बेर नलाउनि रइछ ।
 
Posted on 02-26-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hami janta ko halat ta "dhobi ko kukur ghar ko na ghat ko bhako" jasto cha ni
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters