Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131561 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

मेरो भन्नु:

नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो ।

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म ।
क्रमश:
 
Posted on 06-12-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खण्ड १२ को अन्तिमबाट...
(...। सुत्दा सुत्दै हात छातिमाथि राखेर प्रण गरेँ "ओम! तैँले पाएको यो अवसरलाई राम्रोसँग सदुपयोग गरी आमाको आँखाबाट सदा सदाका लागि ति आँसुहरु बिदा गर्नु पर्छ। दिलोज्यानले भ्याए सम्म भाईबैनीहरुलाई कुनै पनि अबसर प्रदान गर्न चुक्नुहुन्न, बिषेश गरेर पढ्ने अबसर। घरश्याम सरको परिबारले लगाएको गुन सम्मानजनक रुपमा फिर्ता गर्नु पर्छ, तैंले"।)

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
खण्ड १३
कस्तो कस्तो ठाँउ रहेछ, अप्ठ्यारो, अनकन्टार! बिल्कुल एक्लै छु, यताउति हेर्छु कोहि मानिसहरु तैपनि देखिन्छन् कि भनेर, तर पनि खै चालचुल पनि छैन। कता कता देखेको, चिनेको ठाँउ जस्तो पनि लाग्छ, फेरी ठम्याउनै गाह्रो छ। म कसरी अकस्मात् त्यस्तो ठाँउमा पुगेँछु! साँझ झपक्कै परिसक्यो। टाढा टाढाको आकासमा ताराहरु तिर्मिराउन थालिसके, तर म भन्दा सिधै माथीको आकासमा चाहिँ कालो बादल मडारिरहेछ। पानी पनि पर्ला पर्ला जस्तो छ। त्यो बाक्लो जँगलमा त सत्राङसुत्रुङको आबाज आयो। यसो पछाडिबाट हेरेको त एउटा अपरिचित जनावरले पो लखेटि रहेको रहेछ। मुटु ढुक्क फुल्यो। म कुद्दै भाग्न खोजेँ, तर खै किन हो किन कुद्नै सकिन। खुट्टा नै उचालिएनन्। त्यो जनावर त झन् झन् मलाई लखेट्दै पो आयो। म चाहिँ कुद्ने कोशिष गरिरहेँ। सकिनसकि दौड्दा दौड्दै त म कस्तो भिरको डिलमा पो पुगेँछु, अगाडि जाँउ भने छ्बाङ्ग भिर छ, पछाडिबाट अपरिचित जनावरले लखेटिरहेछ। म त उड्न पो कोसिस गरेँ। कहिले काहिँ सपनामा त उडेको पनि थिएँ। अनि आँखा चिम्म गरेर जेसुकै होस् भनेर भिरतिर झ्वाम्म हाम् फालेँ।

भिरबाट लड्नको सट्टा म त साँच्चै पो उडेँ। केहि माथि पुग्दा त अलिक उज्यालो रहेछ। त्यो जनावर त मलाई हेरेको हे-यै भयो। त्यतिकैमा अईँ अईँ भएँ। बल गरेर अझै उड्न पो के कोशिष गरेको थिएँ, झल्याँस्स भएँ। दुबै हातले त सिरानेलाई दरो गरि पो समाएका रहेछन्। जुरुक्क उठेँ। माघको जाडोमा पनि पसिना पो आउनलागे जस्तो गरि तातेछ। म त आफ्नो घरमा सुतेको त हैन रहेछु। 'ए म त हिँजो रामपुरमै बसेको नि है साँचि, मञ्जुको घरमा" भनेर कुरा स्मरण गरेँ। झ्यालबाट यसो बाहिर हेरको त राति नै रहेछ। बिहान हुन लागे जस्तो पनि लागो। घरमा भको भए, उठेर गोठमा धन्दा गर्न जाने बेला भएछ। पश्चिम पट्टिको परेछ क्यारे झ्याल पनि, पुर्बका ताराहरु देख्नै सकिन। शुक्र झुल्किएकी झुल्किएनन्, थाहै भएन। 'अब के गोठको धन्दापात्रा गर्नु छैन, एकछिन् सुत्नु परो' भनेर फेरी ओछ्यानमै पल्टिएँ। तर पनि भने जसरी निदाउन काँहा सजिलो हुन्छ र? निद्रा हराईसकेको थियो। ओछ्यानमा पल्टिएर आँखा चिम्लिनु त सजिलै भयो, तर खै निद्रा त लाग्दै लाग्दैन। सोचे जसरी निद्रा त लाग्दैनथ्यो पहिले पनि, त्यसमाथि अघिको सपनाले कचमराई दियो। त्यो अप्ठ्यारो ठाँउ कहाँको होला? कता कता बाख्रा चराउन बन जाँदा देखेको ठाँउ पनि जस्तो लागो। तल चाहिँ तेस्तो निस्पट्ट अँध्यारो, अनि अलिक माथि चाहिँ उज्यालो! म अँध्यारोबाट उडेर उज्यालोमा पुगेको! आहा! मनमनै सपनासँगै रमाएँ पनि। हो त, अबसर त आएको छ त। राम्रोसँग अबसरको सदुपयोग गर्न सकेँ भने उज्यालो छुन पनि के बेर?
क्रमश:
 
Posted on 06-12-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको बिहानीसँगै मेरो जीवनमा पनि परिवर्तन आउने आसा जागेको छ। एक दिन अघि सम्मको परिकल्पनाको सन्सार यथार्थ हुने जस्तो देखिएको छ, घनश्यामसरको सहयोगले। अब यथास्थितिलाई गौण बिश्लेषण गरी कर्म गर्दै जाने दृढ अठोटका साथ आजको सुर्योदयलाई पर्खिरहेछु। पक्कै पनि आजको बिहानी मेरो लागि मात्र बनेको हुनु पर्छ, मेरो लागि भनेर आएको हुनु पर्छ। भित्रभित्रै पुलंकित हुन्छु। झट्ट भोलिको अर्को पाटोमा पनि बिचार पु-याउँछु। मञ्जुको घरको बसाई दिर्घकालिन भएन भने त फेरी उहि त हो नि-फेरी पहिलेकै सन्सार। मन तेसै तेसै डराउँछ। तर पनि तेस्तो केहि नहोस् भन्ने कामना गर्छु। उज्यालो पनि हुँदै गयो। घरका अरु मानिसहरु पनि उठेछन् क्यारे, गुनगुन-गुनगुन गरेको सुनियो। म चाहिँ ओछ्यानमै पल्टिरहेँ र सोचिरहेँ।

"ओम दाई ! उठ्ने बेला भएन?" मञ्जुले बिस्तारै ढोका ढक्ढकाईन् "मैले चिया ल्याकि छु"। हतार हतार उठेर झ्याल खोलेँ अनि ढोका खोल्न गएँ। मञ्जुले ल्याएको चिया समाएँ र झ्यालको छेउमा राखेँ।
"हात-मुख धुने पानी पनि मैले सारेर तुलसीको मोठमा राखिदिएकि छु" मञ्जुले थपिन्।
" ए, हुन्छ नि" म ओछ्यानमा कपडा मिलाउन लागेँ। मञ्जु आफ्नै कोठामा गईन्, उनको ग्लासको चिया लिएर।

त्यसदिन बिहान मेरो र मञ्जुको घरका मानिसहरुसँग तेति धेरै गफगाफ भएनन्। सबै आ-आफ्नै काममा नै ब्यस्त थिए। ९ बजे पछि सबै मिलेर भात खायौँ र स्कुल जान तयार हुदैँ थियौँ, घनश्यामसरले एकपटक फेरी कुरा निकाल्नु भो "ओम, भरे घरमा गएर आमालाई सोध, अनि आमाले मान्नु भो भने भोलि देखिनै बस्न आउनु है यहाँ"। मैले सरको बोलि भुईँमा खस्न पनि नपाईकनै "हुन्छ सर" भनेँ। मञ्जु र म सँगै स्कुलतिर लागेऊ।

साझाल्यान्ड,
३० जेष्ठ, २०६२
 
Posted on 06-13-05 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-05 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-05 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-05 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-05 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Welcome back OK daju.
it was very nice to know that u r continuing ur story again. I think i checked sajha at right time.

Maun paathak.
:-)



harkeDai
 
Posted on 06-14-05 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो कथा त जहाँ को तेहिँ बसिराछ कि मलाई उस्तो लागेको हो हँ?

ओमको बिगतमा माया-प्रितिका कुरा मिसिए चाहिँ अलिक मोज्जा आउँथ्यो कि?
 
Posted on 06-14-05 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ओम जी,
नमस्कार।

मैले तपाईँको आत्मकथाका बारेमा झण्डै पाँच साता अघि लेखेको टिप्पणीको कुनै जवाफ नपाउँदा अन्यथा पो ठान्नु भएछ कि भनेर डर लाग्यो। कृपया अन्यथा नलिइदिनु होला। मैले तपाईँको आत्मकथालाई पुस्तक सम्पादक (Book editor) का आँखाले हेरेको छु र नेपाली साहित्य र वाङ्‌मयका लागि यसको ठूलो महत्व देखेको छु।

मैले तपाईँको लेखमा दुइवटा विशेषता पाएको छु। पहिलो हो लेखनको सूक्ष्मता अर्थात् details. तपाईँका वर्णन कति जीवन्त छन् भने पाठक स्वतः त्यो ठाउँलाई देख्‍न अर्थात् visualize गर्न थाल्छ। तपाईँले नानाथरी खाजा खाएको घनश्याम सरको भान्सा म झलझली देखिरहेको छु। मञ्जुको कोठा, ताराले तपाईँलाई पर्खेको ढुङ्गो, सानिमाको घर, शिवदूती प्राविको हाता लगायतका तपाईँले वर्णन गर्नुभएका प्रायः सबै कुरा पनि मेरो आँखैमा आएका छन्।

तपाईँको लेखनको अर्को विशेषता हो लेखकीय इमानदारी। तपाईँले आफ्नु दुःख र गरिबीको चित्रण गर्नु भएको देखेर सबै पाठकको मन पग्लिन्छ। तपाईँको आत्मकथा पढेर सबै रुन्छन् तर कसैले तपाईँलाई 'बिचरा' भन्दैन। १० वर्षको बालक र उसकी विधवा आमाको आपसी समझदारी र बहादुरीपूर्ण सङ्घर्षको कथा पढेर पाठकले पीडाको अनुभूति गर्छन् तर सँगसँगै साह्रै ठूलो आँट पनि पाउँछन्।

तपाईँले यो कृति प्रकाशन गर्ने विचार गर्नु भएको छ कि छैन? मेरो सल्लाह (unsolicited advice, however) चाहिँ छाप्नुहोस् भन्ने छ। कदाचित छाप्ने हुनुभयो भने राम्रो प्रकाशक खोज्ने काममा म पनि सहायक हुन सकूँला। किशोरावस्थाको प्रेमका बारेमा विष्णु प्रसाद धितालको "सान्नानी" नेपालीमा बाहेक मैले यति सशक्त कथा पढेकै छैन। तर यो प्रेम कथा मात्र होइन। एउटा किशोरका आँखाले देखेको गरिबीको यसभन्दा मार्मिक चित्रण पनि मैले पढेको छैन। खासगरी शहरका र बोर्डिङ स्कूल पढ्ने किशोर किशोरीहरूले यो किताब पढे भने उनीहरूले आफ्नु उमेरको र आफूले पनि कतै न कतै अनुभव गरेको प्रेम र आफूले कल्पना पनि नगरेको कठोर जीवनका बारेमा पढ्न पाउनेछन्। युरोपेली र अमेरिकालीहरूले आफ्ना नानीहरूलाई युद्ध र अरु दुःखका दिनका कथा पढाउँछन्। हामीले मात्र किन गलत इतिहास पढाइरहने? तपाईँले भोगेको दुःख नेपाली जनताको इतिहास नै त हो नि!

यस कथा/आत्मकथाको ethical पक्षका बारेमा भने मलाई अलिकति चिन्ता छ। यदि मञ्जुको वास्तविक नाम मञ्जु नै हो भने यो कथा छापिएपछि उनलाई केही असर त नपर्ला? हुन त तपाईँ जस्ता संवेदनशील लेखकले कथालाई सार्वजनिक गर्दा नै यस विषयमा सोचिसक्नु भएको होला।

मेरो कुराको केही अर्थ लाग्यो भने खबर पाऊँ।

इति शुभम्

केदार शर्मा

 
Posted on 06-14-05 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त निकै हो केदार नानि को
के छ बिचार ओ के बाबु
ओके गर्नि हैन त ??
 
Posted on 06-14-05 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-14-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई कालु,
च्याट मा चैँ न आउनी, अनि खुसुर खुसुर साझा चैँ पढ्नी? भन्दिम तिम्रो प्रोफेसरलाई?

:)

-सरु
 
Posted on 06-14-05 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha Ha Ha Bhaute..............aaj dherai pachi phursad nikalya sajha herna lai........
thesis ko topic sajha browsing choose garya bhaye dherai agadi defend bhai sakthyo hola.........kyarnu ni!
 
Posted on 06-14-05 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी,
पढाईको ब्यस्तताले मैले तपाईँको पहिलो प्रतिकृयाको जबाफ दिन पाईन। तपाईँ मात्र नभएर यो धागोमा प्रतिकृया दिने अन्य मेरा प्रिय पाठकहरुको पनि जबाफ फर्काउन सकेको छैन। गएको १ महिना त म साझाबाट पुरै बाहिरिएको थिएँ, कारण थियो मेरो विद्याबारिधिको अन्तिम तयारी । जुन १० गते शुक्रबारका दिन मेरो शोधपत्रको अन्तिम प्रजेन्टेशन थियो । त्यसमा मैले सकुसल सफलता पनि पाएँ। काम त अलि अलि बाँकि नै छ, तर पनि थोरै भए पनि फुर्सद निकालेर साझामा मेरो कथालाई नियमितता दिन थालेको मात्र हो। समयमै तपाईँका प्रतिकृयाको जवाफ दिन पाईन भने पनि अन्यथा नलिनु होला। तपाईँहरुका प्रतिकृयाहरु त मेरा प्रेरणाका स्रोतहरु हुन् र मेरा भबिश्यका पथ-प्रदशकहरु पनि।

नढाँटिकन भन्नु पर्दा तपाईँको दोस्रो प्रतिकृयाले चाहिँ मलाई निकै नै छक्क बनायो। हेर्नुस् केदार जी, मैले आजसम्म साहित्यिक लेखनको बारेमा कहिलै सोचिन र आजसम्म पनि सोचेको छैन । आफ्नो पढाई (ईञ्जिनियरिंग बिषय, जुन साहित्यबाट सयौँ कोष टाढा छ) सम्बन्धि पेपरहरु बाहेक मैले कहिलै पनि केहि लेखिन। हुन त म सानो छँदा मोदनाथ प्रश्रितको चोर नानी र प्रदिप नेपालको देउमाईको किनारमा पढ्दा म पनि भोलि पर्सि यस्तै उपन्यास लेख्छु भन्ने कुरा चाहिँ मनमा नलागेको थिएन। फ्रेबुअरी १ तारिकमा राजा ज्ञानेन्द्रले सम्पूर्ण देश नै आफ्नो मुठ्ठि भित्र राखेपछि मात्र म यो साझामा पसेको हुँ । संयोग नै मान्नु पर्छ, म साझामा पस्दा खेरी "कथा" नै साझाको मुख्य केन्द्र बिन्दु थियो। त्यसैको लहैलहैमा मलाई पनि कथाको रुपमा आफ्नै बिगत सम्पूर्ण साझाबासीहरुमा राख्न मन लागेर लेख्दै आएको हुँ।

पढाईको ब्यस्तताबाट यसो १ घन्टा जति फुर्सद निकालेर लेख्नु र पेष्ट गर्नु बाहेक मैले त्यस्तो कुनै ठूलो योजना बनाएको छैन। फेरी कहिल्लै पनि कुनै साहित्य नपढ्ने र साहित्यको "स" पनि नजान्ने म जस्ताले प्रकाशन गरेर कतै नेपाली साहित्यमा विकृति आउने हो कि भन्ने डर पनि छ। हुन त तपाईँ जस्ता नेपाली साहित्यमा पारंगत साथीले मेरो कथालाई राम्रो भनिँदिँदा मलाई पनि धेरै खुसि लागेको छ। तपाईँको सुझाबलाई मनन् गरी भबिश्यमा यो कथालाई अझ परिष्कृत रूपमा परिवर्तन गर्न सकेँ र प्रकाशनको ईच्छा पनि जागो भने तपाईँलाई म अबश्य पनि सम्पर्क गर्नेछु। मलाई त प्रकाशन सम्बन्धि केहि पनि जानकारी नभएको र मेरो नजीक पासोको कोहि पनि साहित्यकारसँग परिचय नभएको हुँदा, तपाईहरुको बाटो नै मेरो एकमात्र बिकल्प हो।

केदारजी, तपाईँको Ethics सम्बन्धि दिनु भएको सुझाबले मलाई झन् गम्भिर बनाएको छ। तपाईँलाई धेरै धेरै धन्यबाद। कसैको ब्यक्तिगत जीवनमा कुनै किसिमको पनि बाधा-ब्यबधान नआओस् भनेर मैले सकेसम्म कथाका पात्रहरुमा काल्पनिकता दिन खोजेको छु। केहि ठाँउका नाम र प्रकृतिको स्बरुपमा तथ्यकुराहरु सँग केहि मात्रामा मेल खाए पनि मैले मेरो कथालाई निकै नै साबधानी पुर्वक सार्बजानिक गरेको छु ताकी यस्ले कसैको ब्यक्तिगत जीवनमा अप्ठ्यारो नपारोस्। यदि प्रकाशन नै गर्ने विचार आयो भने सम्बन्धित ब्यक्तिहरुबाट पुर्ब स्विकृति अबस्यै लिने छु।

फेरी १ पटक केदारजीलाई धन्यबाद दिँदै अझै अरु सुझाबहरुको प्रतिक्षामा छु। अहिलेलाई बिदा,
-----
ओके
 
Posted on 06-14-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

खण्ड १४
बेलुका म घर पुग्दा आमा घर देखि २ कान्ला मुन्तिरको गोठमा काम गर्दै हुनुहुदोरहेछ। बैनि पानी लिन गाकि रहिछ। भाई चाहिँ हजुरआमाले बसालेको तरकारीलाई चाहिने दाउरा लिन भनेर बाहिर निस्केको रेहछ। आफुले बोकेको झोला भाईलाई दिएर सरासर म पनि गोठ तिर लागेँ। रात त पुरै परिसकेको थियो। "खबर नगरी हिँजो काहाँ गईस् नि तँ? यहाँ हामीलाई तँ काहा हराईस् भनेर कस्तो पीर प-यो?" अँगालोमा बोकेको खर भैंसिलाई हाल्दै आमाले सोध्नु भो। आमाछोरा दुबै मिलेर गोठको काम गर्दै कुरा गरीऊँ। मैले पनि सबै कुरा जस्ताको तस्तै बताएँ र भनेँ "घनश्यामसरले त मलाई भोलि देखि नै बस्ने गरी आउनु भन्नु भा छ।"

आमाको अनुहारमा कति खुशिका रेखाहरु नाचे, त्यो त अँध्यारोमा देख्न पाईन तर पनि उहाँको बोलिले नै खुशि हुनु भाको छनक चाहिँ मज्जाले पाएँ। "ल त्यसो भए, राम्ररी पढ् । उनिहरुलाई चित्त दुख्ने र नराम्रो लाग्ने कुराहरु कहिले नै नगर्नू । बिहान बेलुका पनि लाडे पल्टेर खाएर मात्र बस्ने हैन, आफूले सकेको काम गर्नु र सघाउनु। शुक्रबार चाहिँ घर आउनु। अरु त म के भनौ, मैले सकेसम्म यो घर ब्यबहार चलाउँछु। बज्जै (हजुरआमा) पनि थला पर्न लागि सक्नु भा छ। भाईबहिनी पनि पढ्न जान्छु भन्छन्, अलिअलि अक्षर चिन्ने बनाउनु पर्ने" आमाले त्यसदिन बेलुका घनश्यामसरको घरमा बस्ता के गर्न हुने र के गर्न नहुने सबै कुरा सिकाउनु भो। ठूलाका घरमा बस्ता अपनाउनु पर्ने साबधानी र ऊनिहरुसँग बोल्दा होस् पु-याउनु पर्ने कुराहरु बारे पनि सबिस्तार बताउनु भो। आफ्नो घरमा भको सामानहरु: २ पाथी आलु, ३ माना घ्यु, मुठिचारेक गुन्द्रुक, २ पसर जति बनटिम्मुर, दुईमाने बट्टाको १ बट्टा दशैँताका हालेको काँक्राको पुरानो अचार पनि ठिक्क पारिदिनु भो।

भोलिपल्ट देखि नै म मञ्जुको घरमा बस्न थालेँ। मलाई त्यहि पहिलो दिन सुत्न दिएको कोठामा नै सुत्न दिईयो। पाउना आएका बेलामा चाहीँ म हर्के सँगै भुईँ तलाको बाहिरको खाटमा सुत्थेँ। हर्के र मेरा गफ चाहिँ धेरै मिल्थे, कहिले काँहि त रातभरि गफ गरेर बिताई दिन्थेउँ। कक्षा ७ का किताब नभए पनि मतान् मा बस्ने एउटा केटो पनि मेरै क्लासको रहेछ। उसबाट मागेर काम चलाउँथे, उसलाई जानेको कुरा पनि सिकाईदिन्थेँ। अब त मलाई कपि कलमको पनि दु:ख भएन। मञ्जुले आफूलाई चाहिने सामान किन्दा मलाई पनि भनेर किन्थिन्। घनश्यामसरलाई सबैकुरा भन्थिन कि भन्दिन थिईन् त्यो त मलाई थाहा भएन, तर मैले उनले किनेका सामानहरु बिना हिच्किचाहट प्रयोग गर्थेँ। उनले नै दिन्थिन् चलाउन। मञ्जुको घरमा बस्ताका शुरुका सबै दिनहरुमा तेहि गन्जि र कट्टु नै मात्र लगाएँ। ल्याउन त घरबाट पुरानो दौरा पनि ल्याएको थिएँ, तर त्यो लगाउन मन लागेन, मञ्जुका अगाडि। त्यो हप्ता मञ्जुको घरमा बसुन्जेल मैले त्यो दौरा झोलाबाट झिकिन। अरु कुराले भन्दा पनि लगाउने कपडाले चाहिँ मलाई निकै अप्ठ्यारो लाग्यो।
क्रमश:
 
Posted on 06-14-05 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार आफ्नै घर गएँ र आमालाई "आमा, आमा! मलाई जसरी भए पनि १ जोर कपडा नभै भएन फेर्नलाई। मलाई त यो दौरा लगाउन अप्ठ्यारो लाग्यो" भनेर गनगन गरेँ। हुनत घरको स्थितिको बारेमा म आफैँ पनि अनबिज्ञ चाहिँ थिईन तर पनि आमाले केहि उपाय निकाल्नु हुन्छ कि भन्ने आसा चाहिँ थियो। आमाले पनि मेरो समस्या त बुझ्नु भो, तर पनि उपाय केहि थिएन। "पख न त भोली म नरबहादुर साहुसँग कुरा गर्छु, १००/२०० रिन पो पत्याईहाल्छन् कि?" आमाले केहि आसा देखाउनु भो। शनिबार आमाले २०० रुपियाँ रीन काढेर ल्याउनु भएछ, सहिछाप गरेर। पछि म ९ कक्षामा पढ्दा जिल्ला शिक्षा बिकास एकाई, खोटांगबाट सन्चालित अञ्चल स्तरिय विज्ञान, गणित र अंग्रेजी बिषयको प्रतियोगितामा प्रथम भई पाएको ५४० रुपियाँ पुरस्कारबाट नरबहादुर साहुको रीन तिर्न आमा र म सँगै जाँदा त २०० को पछाडि सानो अर्को शुन्ना थपेर २००० पो बनाएछ साहुले त। २००० लगेको थियो भनेर निकै रडाको मच्चायो सुरुमा त। तर मैले कागज हेरेर "यो शुन्ना त पछि थपेको जस्तो देखिन्छ" भने पछि "ल ल भैगो, ब्याजसहित २५० रुपिँया देओ र मसँग अब देखी रीन माग्न कहिले पनि नआओ" भनेर नरबहादुर साहु त कस्तरी झोक्कियो। त्यसदिन "छोरालाई अक्षर चिन्ने बनाएर राम्रो काम गरेँछु" भनेर आमा कति खुसि हुनु भा थियो।

बिहिबार रामपुरमा हाट लाग्थ्यो। हाटमा फिका निलो पोलिष्टरको सटको र गाढा निलो हाफपाईन्टको कपडा किनेर ल्याएँ। शनिबार आफ्नै घरमा दमै बोलाएर सिलाउन लगायौँ। अब त म पनि अरु बिद्यार्थी जस्तै राम्रो देखिएको थिएँ। २०४३ साल फागुन १२ गते शिक्षा दिबसका दिन भएको कार्यक्रममा एकजना भलादमीले आफ्नो छोरो ३ बर्ष पछि सात पास गरेर ८ कक्षा पुगेकोले छोराले पढेका किताब कुनै गरीबलाई दिने भनेर कुरा गरेछन् सरहरुसँग। पढाई शुरु भएको ३०/४० दिनसम्म सबैले किताब किनिसके होलान् भनेर कुरा भएछ। तै पनि कसैलाई चाहिएको छ कि भनेर मञ्चबाट सोधे । मैले हत न पत उठेर "मलाई" भन्दा त सब जना मुखा मुख गर्न थाले। सायद मसँग किताब नभको कुरा कसैले पनि अड्कल काटेको रहेनछ क्यारे। घनश्यामसर पनि मञ्चमै हुनुहुन्थो। डरले सरको अनुहार पनि नहेरी किताब बोकेर मञ्चबाट बाहिरिएँ। किताब पनि नयाँ नै रहेछन्। "बिचारा कहिले नि किताब पढ्दैन रैछ, अनि के पास होस्?" भन्ने लाग्यो। जे भए पनि मनमनै धेरै धन्यबाद दिँए। अब देखि मलाई यो किताब दिने मानिस कहिलै पनि फेल नहोस् भनेर कामना पनि गरेँ। बेलुका घरमा घनश्याम सरले सोध्नु भो "ओम! अब देखि तिमीलाई जे आवाश्यक पर्छ, अप्ठ्यारो नमानी मलाई भन है"। मैले पनि स्विकृतिमा टाउको हल्लाएँ।

साझाल्यान्ड,
३१ जेष्ठ, २०६२
 
Posted on 06-14-05 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK dude it took me 2 hrs go go thru ur atmakatha. Its really inspiring specially the hard time and determination and the way of tackling with the society in your own way. Not much but I had been gone thru such hurdles and right now I am smiling by looking tht time like you from west. Still I m moving ahead for my country and dream of my parents.
Nepalean
IN a small town of united states
 
Posted on 06-15-05 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपोलियन,
I know you. Timi G Boarding ko tyo chanchale keta haina?
La la pragati ramro chha.
 
Posted on 06-15-05 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada giri ka ko nepolean bhaneko yar...ma ta nepalean po...tara dada giri le guess garna khoje pani milena hai....
 
Posted on 06-15-05 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबार आमाले २०० रुपियाँ रीन काढेर ल्याउनु भएछ, सहिछाप गरेर। पछि म ९ कक्षामा पढ्दा जिल्ला शिक्षा बिकास एकाई, खोटांगबाट सन्चालित अञ्चल स्तरिय विज्ञान, गणित र अंग्रेजी बिषयको प्रतियोगितामा प्रथम भई पाएको ५४० रुपियाँ पुरस्कारबाट नरबहादुर साहुको रीन तिर्न आमा र म सँगै जाँदा त २०० को पछाडि सानो अर्को शुन्ना थपेर २००० पो बनाएछ साहुले त। २००० लगेको थियो भनेर निकै रडाको मच्चायो सुरुमा त। तर मैले कागज हेरेर "यो शुन्ना त पछि थपेको जस्तो देखिन्छ" भने पछि "ल ल भैगो, ब्याजसहित २५० रुपिँया देओ र मसँग अब देखी रीन माग्न कहिले पनि नआओ" भनेर नरबहादुर साहु त कस्तरी झोक्कियो। त्यसदिन "छोरालाई अक्षर चिन्ने बनाएर राम्रो काम गरेँछु" भनेर आमा कति खुसि हुनु भा थियो।
:)
नेपाल टिलिभिजनले एउटा विज्ञापन बनाथ्यो नि यस्तै है ओम दाई ! एउटि भोटेनि महिला र उन्कि सानि हिस्सि परेकि छोरि को के त !!

त्यहाँ बुढाले आँखा धर्मरायो भनेर ठग्न खोज्या के , हेहहेहेहेहेहेह ।।।

बाँकि भागको आशामा ।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters