सन्जुको याद आयो
"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि जनार्दन काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा, अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ जनार्दनले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो। जनार्दन काका भन्या हाम्रा एउटै गाउँका बुढा हुन् बेलैमा जागिर खाऽ हुनाले जम्मैले काका काका भन्थे तर अलि पऽर कै हुन्। काकाको डेरामा पुग्दाखेरि सञ्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।
हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।
"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"
हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।
पोहोर जिवन र खेम त्यहाँ हुँदा हामी नि पुग्या थिएम् खै, कुन कामले हो कुन्नि। ए! फर्म लगाउने फोटो खिच्न जाँदाखेरि जिवनलाई माथि
महेन्द्रको शालिकनेर अचानक भेटेर अनि यसो कोठासम्म पुग्या थिएम्। "गुरु" भन्ने गनगने बुढोलाई मैले नि चिन्या थिएँ।
अनि हामी गइयो गुरुकहाँ। नारायानस्थानमा हो, गुरुको घर।
"गुरु! यसपालि हामी बस्ने भइयो पोहोर जिवनहरु बस्या ठाममा।"
"ह्या अब बेला न कुबेला कहाँ कोठा पाइन्छ? कोठा सोठा त्यत्तिकै छ। सफा गर्नु पर्यो। अनि ती खेमुहरुले त खैनी खाएर पुरा खाटमुनि थुक्यारैछन् पोहोर,
कोठा बडार्दा बडार्दा मलाई कस्तो दु:ख नि फेरि।" बुढाले मेवा ताछ्दै थिए। हाम्लाई एकुन्टा टुक्रा दिँदै भने। बुढाको कचकच गर्ने त बानी नै हो के। अनि कोठा खोलेर
देखाइदिए। "अस्ति जनार्दनले भन्दै थिए। २टा केटा आम्छन् यसपालि पनि भनेर, अनि कोठा सोठा बडारेर राख्या छु। लु बस।"
हामेरु स्टोभ सिस्टोभ किन्नतिर लागियो। अब १, २ माहिनाको लागि भे नि बन्दोबस्त त गर्नै पर्यो।
अनि कोठामा आएसि यसो मिलाउन थालियो झिटिगुन्टी।
यत्तिकैमा सन्जु पनि आई। म्याथ चाहीँ यादब सरकोमा पढ्छु , अनि अंग्रेजी टिकारामकहाँ र अप्सनल त्रिपाठी सरकाँ। हाम्ले नि त्यसै र्ने निर्णय गरियो।
*** *** ***
यादब सरकहाँबाट साँझ पढाइ सकेर हामी सँगै सँगै फर्किन्थेम्।
दिनहरु बित्दै गए। एकदिन आत्माराम " हेर दादा गिरी, पैसो सैसो सकियो मेरो त, म एकपल्ट घर जान्छु!" भनेर घर गयो।
त्यो दिन हामेरु साँझ घर फर्किने म र सन्जु २ जना मात्र भइयो।
*** *** ***
हामेरु फर्किँदा मेले सन्जुलाई भने, "यता नारायण स्थानको बाटो जाम् छोटो पर्छ।" सिधै मेरो कोठामा जाम् भन्न त भएन नि।
"हुन्छ!" भनी सन्जुले अनि हामेरु गइयो।
कोठाँ पुगियो। यताउता घप भयो। मेरो पापी मन के के सोच्दै थियो। अब उमेरको जोसमा कहाँ होस् हुन्छ र, हैन?
सन्जु उत्ताउली पनि उस्तै घरि यता प्याट्ट हान्छे घरि काइकुती लाइदिन्छे। के हो के त्यो छँडुली।
यत्तिकैमा कसैले ढोका ढकढक्यायो।
मैले ढोका खोलेँ , हामी समालिएम्।
ढोका खोल्छु त आत्माराम छ बा!
"घर जानी भन्या थिइस्, गइनस् त नि अनि?"
जानी भन्या त हो, काकाले "नजा, पैसो सैसो यतै मिलाम्ला!" भन्नु भो म त गइन। बा साँच्चै हो बा त्यसले मेरो मन चोर्न खोज्या हो भगमान जानुन्।