Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SAJHA NEPALI GURU

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 35754 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-08-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनिकोडको बिकास पछि साझामा नेपाली भाषाको एउटा लहर नै चल्यो। कथा, कविता,गजल देखि लिएर स्थानीय लवजमा गरिएका सम्बादहरु यसको ज्वलल्त उदाहरण हुन्। यसै शिलशिलामा साझामा नेपाली भाषाको ब्याकरण सम्बन्धि छलफल चलाउने कुरा बेला बेलामा उठिराखेको हो। तर सायद कहाँ बाट सुरु गर्ने, कसरी सुरु गर्ने र कसले सुरु गर्ने द्विविधामै केहि दिनहरु बिते। ब्याकरणको बारेमा कसैले नेतृत्व गरेर पाठ-१, पाठ-२ गर्दै छलफल चलाउदै लैजान सायद असम्भव नै छ होला। पछि कसैले नयाँ धागोमा त्यसरी छलफल चलाउनु भयो भने त्यो हाम्रो लागि अत्यन्त खुशिको कुरा हुनेछ। नेपे जीले भने जस्तै नेपालमा (जस्तै केदार शर्मा जी) वा अन्य कतै नेपाली भाषा सम्बन्धि कुनै योजनामा आवद्ध महानुभावले यस सम्बन्धि केहि सोचिदिनुहोला भन्ने आशा गरौँ। तर तत्कालको लागि हाम्रो झिना-मसिना समस्या र कौतुहलतालाई एउटै धागोमा समेटेर छलफल गर्दै जाउँ भन्ने हेतुले यो धागो सुरु गरेको छु।

स्रोत र साधनको अभावमा धेरै उच्चस्तरीय छलफल असम्भवप्राय: नै छ। सायद त्यो हाम्रो अहिलेको आवस्यकता पनि होइन। सामान्य शब्दार्थ, वर्णविन्यास, शुद्धा-शुद्धि, ह्रस्व-दीर्घ , वाक्य बनोट जस्ता कुराहरुमा कसैलाई पनि जिज्ञासा भएमा यहाँ राख्नुहोला। मलाई विश्वास छ, साझामा लेख्ने तथा नलेख्ने शेरै भाषा विज्ञहरु हुनुहुन्छ। विज्ञ नै नभए पनि आफ्नो धारणा राख्न कसैले पनि हिच्किचाउनुहुनेछैन। यसै क्रममा एक-अर्काको त्रुटि औँल्याउन पनि नहिच्किचाउनुहुन मेरो अनुरोध छ।

देशप्रेम भाषाबाट सुरुहुन्छ। भाषा हाम्रो, भेष हाम्रो: त्यसैले त देश हाम्रो आउनुहोस पहिले आफ्नै भाषा सिकौँ।

यो धागो आफैमा नेपाली गुरु हो र हामी सबै यसका चेलाहरु। त्यसैले यसको नाम "साझा नेपाली गुरु" भयो। :-)

:-)
-भउते
 
Posted on 02-09-06 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक मुख बोल्न मुन लाग्यो. हाम्रा भउते गुरुले "सम्बन्धी" लेख्दा गल्ति गर्छन्.
गरेर = गरी
भनेर = भनी
गएर = गई
आदि ई प्रत्यय लागेर बनेका शब्दहुर दीर्घ हुन्छ कि जस्तो मानिचु.
 
Posted on 02-09-06 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा कुरा पनि मुनासिब हो, तर त्यसलाई पूर्ण रुप दिने बिचार गरौं क्यारे!

रामले काम गरेर घर फर्क्यो। --‌-- रामले काम गरी घर फर्क्यो।
रामले काम गरेर सक्यो । ------- रामले काम गरी सक्यो । वा, रामले काम गरिसक्यो।

भन्न खोजेको कुरा,
'गरी' एउटा शब्द मात्रै हो भने दीर्घमा सकिन्छ।
दुइवटा शब्द जोडी नयाँ शब्द बनाउदा (गरिसक्यो) त्यही ह्रस्वमा परिणत हुन्छ।

उदाहरणको निमित्त,
गरेर पाउनु --- गरी पउनु ---- गरिपाउनु
लेखेर दिनु -- लेखी दिनु --- लेखिदिनु
अर्थमा भने अलिकति फरक आउनसक्छ।

मित्रहरु के भन्नुहुन्छ? व्याकरणको गुरु त परिएन, त्यही पनि यसो विचार राखिहालौं भनेर।
 
Posted on 02-09-06 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
इन माइ भियू, इट इज भेरी भेरी इम्पोरटैन्ट टू राइट नेपालि इन करैक्ट बे।


ॐ नमो षीबाय
 
Posted on 02-09-06 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहा सम्म हृस्व दीर्घको प्रश्न छ, मलाइ पाठशालामा हाम्रा गुरुले सुगा रटाई गराऐको गीत याद आयो।



सर्वनाम विशेशण जाती पेशा थर
यी सबै दीर्घ हून्छन, दीर्घै लेख्ने गर।
 
Posted on 02-09-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊप्स, गराएको लेख्न खोजेको अन्यथा हुन गएछ।
 
Posted on 02-09-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई त ब्याकरण भनेको, "कालो अक्षर भंइसि(लेख्नै आएन) बराबर" हो गाँठे । अब गुरुजी आफैंले फलाक्दै जाम हामी सुन्दै जाम्ला ।

:-)>

ईश्वर
 
Posted on 02-09-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CatCanNotDoManCanDo जी (गलत भयो हजूरको
ॐनमो षिबाय?) ॐ नम: शिवाय

अनि ईश्वरजी भइसि होइन भैसी होला नि त :)
 
Posted on 02-09-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी, लेख्न खोजे को त त्यहि हो, क्यार्नु लेख्नै नजानेसी । शुद्धिकरणका लागि धन्यवाद!

:-)>

ईश्वर
 
Posted on 02-09-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर तथा स्नेह (( की, री, नी प्रत्यय तथा उकार)र संबन्ध बुझाउने शब्दहरुको अन्तिम अक्षर दीर्घ हुन्छ। उदाहरणको लागि----ईश्वरजी, नानू , हाम्री , मेरी
,
 
Posted on 02-09-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरुको छलफल साह्रै उत्साहवर्धक ( उत्साहवर्दक ??) र ज्ञानवर्धक (ज्ञानवर्दक ?? ह्यात्तेरी यो द र ध मा म के सारो झुक्किएको हो, सहयोग गरम है साथिहरु) छ। यसरी ह्रस्व-दीर्घ सम्बन्धी आफूले सम्झेका नियमहरु पनि राख्दै जाने हो भने साच्चि नै यो धागो निकै उपयोगीसिद्ध हुन जानेछ। मेरो अर्को एउटा अर्को प्रश्न: त्यो नामको पछाडि जी थप्दा एउटै डिका दिने हो कि फरक ? जस्तै "गालवजी" हुन्छ कि "गालव जी" ?

अनि "अध्यन" हो कि "अध्ययन" ?
त्यस्तै "उज्वल" हो कि "उज्ज्वल" ?

:-)
-भउते
 
Posted on 02-09-06 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो अर्को एउटा अर्को प्रश्न:" लाई "मेरो अर्को एउटा प्रश्न:" भनेर पढ्नुहोला।
 
Posted on 02-09-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते जी,

हुनत खुकुरी भन्दा कर्द लाग्ने भन्या जस्तो होला, तर मैले जाने सम्म उत्साहवर्दक हुनु पर्छ किनभने बर्दान भन्ने शब्दबाट आएको हुनुपर्छ।

त्यसैगरी अध्यन मा एउतामात्र ध हुन्छ तर उज्जवलमा दुईवटा ज हुन्छन्, मैले बझे सम्म।



उही राष्ट्र सेवक,

भुण्टे
 
Posted on 02-09-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसैगरी पुलिंग जनाउने शब्दको अन्तिम अक्छ्यर सँधै ह्रस्व हुन्छन , तर अपवादको रूपमा हात्ती, सम्धी र स्वामी रहेका छन्।

एवंप्रकारले नाम (noun) मा दूध र पानी अपवादका रूपमा रहेका छन्। अरु पनि होलान तर मलाई थाहाभएको यत्ती हो।
 
Posted on 02-09-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अध्ययन" हुनु पर्ने हो । अनि "उत्साह्बर्धक्" नै हुनुपर्छ है मेरो बिचारमा ।

ल गुरुबर्ग, अरु कुरा गर्नु अगाडि, नेपाली युनिकोड चलाउन चाहनेहरु यतातिर एक चोटी पाउकष्ट गर्नुपर्‍यो है:

- http://www.niu.edu/~deepak/roman2unicode/release/
 
Posted on 02-09-06 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute ji:

भाषा हाम्रो, भेष हाम्रो: त्यसैले त देश हाम्रो आउनुहोस पहिले आफ्नै भाषा सिकौँ।

That is just a sentimental truthful line. Huna ta, nepali mai lekthtey, computer le unicode download gare ki tannai problem dincha....echoes bro ko ramrari used to bhai sakya chaina..pheri nepali ma ramro lekhna nasake pani, raswa dirga namilaikana nepali ma lekheko pachdai pachdaina :). Sajha is definitely a Nepali Guru. Jadai gaross aroo ni..
 
Posted on 02-09-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कुरो आयो नेपाली व्याकरणको । व्याकरण भन्ने जन्तुको कुरो कम्तीमा पनि दुई-तीन किसिमले गर्न सकिन्छ जस्तो लाग्छ । पहिलो त ठीक-बेठीक, सही गलत आदि हालसाबिक नियमहरुको बारेमा कुरो हुन्छ । यस कुरोमा धेरै असहमति हुने गर्छ र अनन्त कालसम्म भइरहला पनि । तर व्याकरणको कुरा उठ्यो कि मलाई चाहीं, त्यो भन्दा पनि विवदास्पद कुराहरु गर्न जरुरी छ जस्तो लाग्छ है, बिशेष गरेर नेपाली भाषाको सिलसिलामा ।

मेरो घरको नेवारी परिवेशमा प्रयोग हुने नेपाली “उच्च साँस्कृतिक" व्याकरणको दृष्टिकोणले साह्रै नै नमिल्दो र गलत हुने गर्छ । [स्कुल पढ्दा नेपाली कक्षामा त्यसै त्यती धेरै चोटी लाजमर्दो परिस्थितीहरुको सामना गर्नुपरेको त पक्कै होइन ।] यो बोलीका धेरै पक्षहरु - जस्तो दन्त्य र तालब्यको पारिवर्त्यता - धेरैलाई धेरै कालसम्म मूलप्रवाहमा ल्याउनको निम्ती अपाच्य होला । तर यस्ता धेरै कुराहरु पनि छन् जुन अरु समुदायका ब्यक्तिहरुले पनि प्रयोग गर्छन् वा गरे हुन्छ जस्तो लाग्छ । जस्तो नेवारी-नेपालीमा रामले पनि भात खान्छ, उर्मिलाले पनि भात खान्छ (खान्छे हैन) अनि उनीहरुले पनि भातै खान्छ (खान्छन् हैन); अझ ठेट कुरो नै गर्ने हो भने त खाएर ल्याउँछ । तर यो प्रयोगलाई किन पूर्णत: गलत भन्ने ?

मैले यस्तो कुरा गरेको देख्दा भाषिक शुद्धिकरणमा जोड दिनेहरुलाई रीसै उठ्न पनि सक्छ तर कुरो अलि राजनैतिक पनि छ । हो, म मान्छु नेपाली भाषा मेरो समुदायको पेवा हैन । तर यदि यो भाषालाई राष्ट्रिय भाषा मान्ने हो भने यो अरु कुनै जात-जाती वा समुदायको पनि त पेवा हुनु हुँदैन नि, हैन र ? खास गरेर खसहरुको भाषालाई गोर्खा राज्यको बिस्तार सँग-सँगै मेची देखि महाकालीसम्मका मानिसहरुको परिचायक कै रुपमा प्रतिस्थापना गराई गोर्खालीबाट नेपाली बनाईयो । ठिकै छ, यसमा म हाल केही भन्दिन । तर यो अवस्थामा कुन चाहीं नेपालीलाई सही र आधिकारिक मान्ने ? राजाले टिभीमा बोल्ने नेपाली त जुगौं पुरानो भइसक्यो; मध्यमाञ्चलका खसहरु र पश्चिमाञ्चलका खसहरुको नेपाली त कति फरक छ, नेवार राई अनि मधेसीको नेपाली कसरी समायोजन गर्ने ? अनि यि "आधुनिक" झर्रोबादीहरुको कुरा चाहीं कस्ले सुन्ने नि ?

मेरो बिचारमा चाहिं जिन्दगीका अरु धेरै कुराहरु जस्तै भाषा पनि परिवर्तनशिल छ र हुनुपर्छ पनि । नेपालको बिकासमा सम्पूर्ण नेपालीलाई सहभागी बनाउने हो भने "सही" र "ठीक" नेपाली भाषामा कुनै एक समुदायको आधिपत्य हुनु हुँदैन, चाहे ऐतिहासिक हिसाबले यो भाषा त्यही समुदायको किन नहोस् । त्यस कारण मेरो असिम आशा छ भविश्यमा नेपाली भाषा अलि धेरै inclusive हुनेछ अनि सम्पूर्ण नेपालीको वास्तविक प्रतिनिधी भाषा हुनेछ ।

हुनत अलि राजनैतिक कुरो गरियो तर हालको नेपाली भाषा अरु धेरै कारणले पनि परिष्कार गर्न जरुरी म देख्छु । यस्ता धेरै नियमहरु छन् जुन जति परिस्थितीमा लागु हुन्छ, त्यो भन्दा धेरै अवस्थामा override गर्नु पर्ने हुन्छ । फेरी ईन्टरनेट र कम्प्युटरको युगमा स्ट्यान्डर्ड-आइज गर्नु पनि त आवश्यक हुन्छ । नयाँ नेपाली व्याकरणलाई कसरी अर्थ्याउने अनि कसरी बिस्तार गर्ने त ? यस्मा चाहिं अर्थशास्त्रमा उल्लेख हुने "ओकुनस् ल" सहायक हुन सक्छ - सकेसम्म सरलतालाई प्राथमिकता दिने । अनि खाएर ल्यायो भन्नु त गलत हुन्छ हुन्छ, खान्छे र खान्छन् पनि भनिरहनुपर्दैन - खान्छ भने पुग्छ ।

कसो ?
 
Posted on 02-09-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what more,
kuro ekdamai chitta bujyo :).
 
Posted on 02-09-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what more जी ले एकदमै ठीक कुरो उठाउनु भयो । हुन त मेरो पनि ईच्छा (नितान्त व्यल्तिगत ईच्छा है, wishlist भनौँ न, भईदिए हुन्थ्यो भन्ने) पनि भाषा भन्ने कुरो अभिव्यक्ति गर्ने माध्यम हो, र त्यो भन्दा बढी नहोस भन्ने ईच्छा गर्दछु म व्यक्तिगत रुपमा । यस मानेमा मलाई भाषालाई नै जीवनका अरु पक्ष सँग अचाक्लि धेरै नै जोडेर हेर्न मन लाग्दैन - जस्तो देसभक्ति आदि । तर म नेपाल मा नेपाली भाषाले विकास गरेको देख्न चाहन्छु- स्कूलमा यो भाषा अनिवार्य भएको पनि देख्न चाहन्छु - नेपाली होईन, अरु कुनै एउटा भाषा भए पनि तर एउटा सरल र ब्यवहारिक भाषा । मैले ईच्छा गरेको कुराहरुमा :

१- लेख्ने भाषा त्यही हुन पर्छ जुन बोल्ने गरिन्छ - अथवा जे बोलिन्छ, लेखाईमा त्यो पनि स्वीकार्य हुनु पर्छ । नेपालका सार्वजनिक जीवनका कुन व्यक्तिले शुद्ध भाषा बोल्छ (एउटा लोकेन्द्र बहादुर चन्द बाहेक - जसले सार्वजनिक भाषणमा अँग्रेजी छिरोलेको देखेको छैन है मैले) । नेताका भाषण सुन्नुस, अन्तर्वार्ता सुन्नुस, रेडियो टिभी सुन्नुस (समाचार बाहेक अरु कार्यक्रम चलाउने सँचालकले बोलेको सुन्नुस) र सर्वसाधारणको बोलीचाली सुन्नुस - धेरैले आराम गर्न छाडिसके, "रेस्ट" गर्छन्, सर्टिफिकेट पाईन्छ (जसलाई मैले साठीफिक्री भनेर व्यँग गर्छु), प्रमाणपत्र भन्दा धेरै, हुँदा हुँदा अहिलेको पुस्ता त काठमाण्डुमा बस, टेम्पो आदि "राईड" पो गर्दा रहेछन्, हाम्रा पाला सम्म भने चढ्ने गर्थ्यौँ । यस्तो अवस्था आएको छ कि व्याकरण नेपालीको, शब्दहरु अँग्रेजीका । यस्तो खिचलो हुन भन्दा कि हाम्रो भाषा पनि अँग्रेजी जस्तै "लिबरल" हुन प-यो - अरुको पनि समाहित (होईन ईन्क्लुड पो त) गर्ने, होईन भने हामीले हाम्रो बोलीचाली सुधार्न प-यो । अँग्रेजी मिसाएर "ठूलो" हुने क्रम त्याग्न प-यो (पहिले पहिले दरबारमा उर्दू मिसाउने चलन थियो अरे खानदानी हुन को लागि) कि त्यसलाई सहजै अटाईदिन प-यो ताकि अँग्रेजी शब्द मिसाउँदैमा कोही पनि सलक्क परेको polished नदेखियोस् । यो मूलत: काठमान्डौमा "स्योस्" लगाएर बोल्ने चलन र नेपालीका शब्द जान्दा जान्दै अँग्रेजी का शब्द मिसाएर बोल्ने चलन, विशेषत: आधुनिकीकरण ('अफिस' मा जागिर खाने र सानो 'फ्यामिली' बस्ने भनेर बुझौँ) हुँदै गएको मध्यम वर्गको चरित्र कै रुपमा देख्छु म त । व्याकरण भनेको त प्रक्रिया हो, जे समाजले ल्याउँछ, व्याकरण त्यही हुन्छ, म्याथमेटिक्समा curve-fitting गरे जस्तै ।

२- सोही प्रसँगमा अक्षरमा कटौती : हाम्रो "नेपाली" भाषा अहिले पनि मीठो छ र बिभिन्न क्षेत्रमा अभिव्यक्तिको लागि काफि पनि । तर कागजमै लेख्ने बेलामा बाहेक कति मानिसले "सुद्ध", "सूद्ध", "शुद्ध", "सूद्ध", "षुद्ध", "षूद्ध" बोल्छ र ? "ष" त कसरी बोल्ने हो, मलाई त आउँदा पनि आउँदैन, भरे "भाषा" लेख्न पर्ने रे । बाहुन-क्षेत्रीको मातृभाषा हो रे, तर कुन चाहिले फेरि "बाहून" लाई छुट्टै देख्छ, र त्यस्तै क्षेत्री, क्षेत्रि, छेत्री, छेत्रि लाई पनि ? मेरो हुने भए त, wishlist नि, यस्ता अनावश्यक हिज्जे र शब्दहरु हटाईदिन पर्छ । सिव भने पनि शिब भने पनि कसैले फरक सुन्दैन भने लेख्नमा किन फरक गर्ने ? नेपाली भाषा भारी भयो भनेर उच्च माध्यमिक शिक्षामा पहिले आएको विवादलाई पनि यसो गर्ने हो भने यसले "एड्रेस" (थाहा छ-सम्बोधन भन्ने पनि) गर्दछ । त्यसो गरे हामीले बोल्ने गरेको भाषाको आयतन (volume) मा केही पनि तल-वितल नपारिकनै लेख्ने कुरामा मात्र सुधारे पनि नेपाली भाषा कमसेकम ६०% ले consolidate (यो चाँहि आएन ल नेपालीमा मलाई पनि) हुँदै घट्थ्यो होला । भने पछि सिक्न पनि त्यति भारि हुँदैन थियो होला । विचार गरौँ, भाषामा अँग्रेजीले सँसार खायो तर पनि नापमान मा फ्रेन्चको मेट्रिक सिस्टम (मिटर, किलोग्राम, सेकन्ड मा नाप्ने) किन सँसार भर लोकप्रिय भयो (सरकार हरुले जबर्जस्ति नै लादे कति ठाउँमा ) - यसको पछाडि धेरै उचित वैज्ञानिक कारण छ ।

३- सँस्कृत को भने अर्कै कहानी छ है । सँसारको सबभन्दा पुरानो भाषा भईकन पनि सबभन्दा वैज्ञानिक भाषा मानिन्छ अझै पनि - esperanto यसकै मोडेलमा ल्याउन खोजेका थिए - लेटिन फेमिली बाट, तर त्यो पनि त्यति सफल भएन क्यारे-अँग्रेजीले नै उछिन्यो । म सँस्कृतको ज्ञाता त होईन तर यसको सामर्थ्य भनेको यसको ब्याकरणमा एउटा पनि अपवाद छैन रे, तथा वाक्यमा शब्दहरुको क्रम ले कुनै पनि असर गर्दैन रे । "म यता गएँ, म गएँ यता, यता म गएँ, यता गएँ म, गएँ म यता, र गएँ यता म" सबै सँस्कृतमा ठिकै नै हुन्छन रे, कुनै पनि गल्ती हुँदैन रे । त्यसो भएर आर्टिफिसियल ईन्टेलिजेन्समा यसको प्रयोगको लागि अहिले पनि धेरै नै रिसर्च भई राखेको छ रे । अरुले भनेको सुनेको है । त्यसैले नेपालमा 'नेपाली सिक्नको लागि पूर्व-आवस्यकता भन्दा पनि सँस्कृतलाई सँस्कृतकै रुपमा छुट्टै ईच्छाधिन विषयको रुपमा राखिनु पर्छ भन्ने मेरो विचार - त्यसो गरे पछि पढ्न मन लाग्नेले पढ्छ, मन नलाग्नेले पढ्दैन ।

अरु पछि पनि गफ गर्दै गरौँला ,

Keep rolling...
 
Posted on 02-09-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गुरुहरु ! मु त गुरुम्को छोरा परो । आबु हाम्लाइ तो नेपाली जसारी बोले नि हुन्छा । आबु शुद्दाशुद्दीमा हाम्रो तरिका पनि ठिकै मान्दिन परो । आफ्नु मीतलाइ मानमनितो गरेर "मेरु मीत पानि आयो, मितको कुकुर पानि सँगै आउनुभयो" भन्नि तरकाले बोल्छा के रे हामी, आबु यति सम्मुन ता ब्याकरनमा जे भा नी शुद्दै हो भन्नी मान्दिन परो नि ! :)
 
Posted on 02-09-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ जी, बास्तबमा साझासंगको संगतले छोटो समयमै मैलेपनि बिगत १५ ब्रर्ष देखि छुटाएको नेपाली भाषालाई अलिकति भएपानि निरन्तरता दिने मौका पाएजस्तो ठानेको छु। सन १९९१ तिर त्रि-चन्द्र कलेज पढ्दा, एकजना बासुदेब नामगरेको गुरु हुनुहुन्थ्यो। वाहाको पेशाको गुण्सतर मलाई तेतिबलै उच्च सत्तरियो लाग्दथ्यो। जिबशास्त्रको बिध्यार्थि भएपानि नेपाली साहित्यमा मेरो रोचकता कत्ति कम थिएन।१९९५-२००२ सम्म नेपालमा छंदा अलि अलि कागजमा कोर्ने पानि गरिन्थ्यो। बीस्तारै बीस्तारै लेख्ने बानिबाट पनि टाढिदै गैयो। खासगरिकन, मेरो बुबाको पर्काशित क्रीति "लामो चौतारो" र वाहासितको साहित्तिक बहसनै मेरो यो छेत्रप्रतिको प्रेम भन्नु पर्ला।
हामि नेपाली संसारको जुनकुनामा भए रहेपानि, हाम्रो राष्ट्र प्रतिको लगाब मेरो बिचारमा कहिलेइ खेर जान्छ जस्तो मलाइ लाग्दैन। तपाईहरु जस्तो मित्रहरुसंग संगतहुनु बास्तबमै भाग्यको कुरा हो। ज होस, हामीले कुनैन कुनै रुपमा एसलाई निरन्तरता दिनु पर्दछ।
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters