[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 159146 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-27-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!
त्यत्ति मज्जाले "मेरो मनको थाहा पायौ कसरि नि कुम्ले?" भनेपछि मैले "हुन्न, दिन्न!" भनुम्ला र?

सबै लैजाउ तिरु!
:D
 
Posted on 09-27-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!

हे हे हे कुम्ले र तितौरीको मिठा कुराहरु:)
 
Posted on 09-27-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देऊरालीमा नाचेको कसैले देख्ला भन्ने पिर!
गोधुलिमा हाँसेको कसैले बात लाउला भन्ने पिर!
मनको कुरा मन मै कति राख्नु, संजोगले भेट भएको बेलामा केहि कुरा गरिहालुँ....
केहि गाह्रो, केहि अप्ठ्यारो, तर पनि मनले खाएको मान्छे संग घुमाएर भए पनि बह त पोख्नै पर्र्यो....ल है गाम्ले हो जोर मादल ठोक! ... ल है मारुनि, कम्मर मर्काएर नाच!!!!

आक्खुई लरिबरि आक्खुई!!

कुम्ले-

आssहाss कति राम्रि रैछौ नि चिटक्कै
मनले खायो देखने बितिक्कै
हातमा चुरा छ
भनौँ कि नभनौँ एउटा कुरा छ

तितौरी-

आssहाss के सम्झेर काँ देखि आइराछौ
भने हुन्छ के भन्न लाईराछौ
हातमा चुरा छ
दिल खोलि भनन कस्तो कुरा छ

कुम्ले-

आssहाss मनको बह कति छ कति
भनौँ भने पर्छ कि आपत्ति
हातमा चुरा छ
भनौँ कि नभनौँ एउटा कुरा छ

तितौरी-

आssहाss कस्तो आपत पर्ला र कुन्नि
हाम्ले सुन्न हुने कि नहुने
हातमा चुरा छ
दिल खोलि भनन कस्तो कुरा छ

 
Posted on 09-28-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल आज पनि आएछन् राति, आफ्नु बैँशको गीत दुई-चार गेडा गाएछन् अनि चौतारीमै निदाएछन्!
 
Posted on 09-28-06 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते नि आएछन् यो दशैँमा त.

ए स्यानु! र ग्वाँचे नेपालाँ भेटुम् त नि.

ग्वाँचे संयोजक बनेर २,४ जना बटुल न त. तिम्लाई फेला पार्नलाई कति लम्बरमा हान्दा ठिक हुन्छ?
जापानी खाना खानी मन भे फुजि रेस्टुरान्ट गए नि भो.नभे म शरद दाइको रोदी रेस्टुरान्टमा लान्छु ल ठमेलमा.

ल ग्वाँचे संयोजक!
 
Posted on 09-28-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! जिम्माल बा को गाना राम्रो छ!

(मनमनै!)कसरी थाहा पाउछन् हौ हाम्रा गाउँका बुढापाकाहरुले हाम्रा कुराहरु?

ल ल! दादा भेट्नुहोला त्यहाँ, खोइ आँफु गइएन यसपाली नत्र भेट्न हुन्थ्यो।
 
Posted on 09-28-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"--------"

हिऊँद र गर्मीयाम फरक भएपनि यो ठाऊँको शरद भने हाम्रो गाऊँकै जस्तो हुँदो रहेछ। हुनसक्छ दशैं-तिहारको समय भएकोले घर-गाऊँको याद बढी आएर पनि मलाई त्यस्तो लागेको होला। हरेक बिहान घरबाट निस्कँदाको नजाँनिदो चिसो, बिस्तारै आएर जिऊ सुम्सुम्याउने बतास र नरम घामले मलाई गाऊँको यो बेलाको वातावरणतिर तानेर लैजान्छ। बाटाभरि म स्मृतिका गोरेटाहरुमा हिँडिरहन्छु।

घरबाट टाढा भएको नवौँ दशैं हो यो। पहिलो परदेश बसाईमा लगातार पाँचवटा दशैंमा घरबाट टाढा भईयो। त्यसपछिका सात वटा दशैं नेपालमै मनाएर, दोश्रो पटकको परदेश बसाईमा यो चौथो दशैं हो। यसपाली घरको-गाऊँको-नेपालको बढी याद आईरहेको छ। थाहा छैन, हरेक पटक यस्तै हुन्थ्यो कि?! अथवा यसपटक छोरी छे र उ आफ्नो जिन्दगीको पहिलो दशैंमा आफन्तहरुको विशाल जमातमा मिसिन पाईन भन्ने कुराले मनमा जन्माएको उदासी पो हो कि मलाई हरबखत तानेर गाऊँतिर लाने?

दशैंको सामजिक-सांस्कृतिक अनुहारहरु आफ्नै ठाऊँमा छन्। मेरा लागि यो समयको मादकतानै काफी छ। दिनभरि पहेंलपुर फाँटहरुको तरेली हेर्छु म डाँडाको देवीथान अगाडिबाट। समुद्रको लहर बोकेर यी फाँटहरु कहाँ जान हिँडिरहेछन्? रातमा म सुटुक्क कोठाबाट निस्कन्छु। मेरो बाल्यकालसंग गाँसिएका अम्बा, आरुबखडा र आरुका रुखहरुसंग गफ गर्छु। अनि भिरालो बारीको डिलमा उभिएर तल-माथि नियाल्न थाल्छु। जूनसंग नहार्ने प्रण गरेको छ फाँटले र स्वर्णिम लहर बोकेर दौडिरहेको छ अहिले पनि। जून आफ्नै धूनमा छ, रुखहरुका हाँगाहरु र पातहरुका अन्तरकुन्तरबाट छिरेर उ किरमिरे रुमाल‍बुट्टा भरिरहेछ बारीको पाटोभरि।

मेरो बाल्यकाल अब मेरो स्मृतिमात्रै हो। आँगनको डिलको अम्बाको बोट धेरै पहिले लडेको हो। बारीको डिलको बिशाल आरुबखडाको बोट काटियो कि के भयो थाह छैन, तर नेपाल फर्केपछि देखिनँ। आरुको बोट बाँकी थियो, त्यो पनि छैन होला अब। अब नयाँ ठाउँमा नयाँ बिरुवाहरु हुर्केका छन्। नयाँ पुस्ता अम्बा, आरुबखडा र आरुका नयाँ रुखहरुसंगै हुर्किदैं होला। तर आजपनि फाँट दौडिरहेको होला बेफुर्सदी भएर र आजपनि जून छिरेको होला हाँगाबिँगा र पातहरुको अन्तरकुन्तरबाट र बारीको पाटोमा छिर्केमिर्के रुमालबुट्टा बनाईरहेको होला।

मेरो गाऊँमा दशैं आयो होला!
 
Posted on 09-28-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्याट्टै फुर्सद भा’ भे मरिजाम अचेल। तै नि सान्बुईनी भोली हिँड्ने भईसकेछ, क्यारी बाई नभनुम्? लु त, राँरी गएस्, फर्केर आम्दा सबको भारीले थिचिएस्!

कुम्ले, म नि दाईको नाताले कान फुक्दिम्? तितौरीको गामको नाम सुन्दा त साँचीकै मेलामा हरा’को बुईनी परिन् कि जस्तो छ मेरो! जवईं बन्नि भए २० ठेकी कोदोको पठाम् यतातिर!

ल हे, अरु गाम्लेहुर सबलाई नि शुभकामना। ग्वाँचेले चईं मेरो सुकुटी किन्न गा’को फोटु देखिन अहिले सम्म, बिर्सिने पो हुन् कि के?
 
Posted on 09-28-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ जी! मेरो त झन् लगातार १६औं दशैं परदेशमा! सत्ते जुगाँ रामले धरि बेहोरेका थेनन् यस्तो त!

हाँरो आफ्नै परदेसि चौतारी दशैं भेटेरै अर्न पाए देखुन् रमईलो हुन्थो के रे। तिहार सम्मुन् नि भ्याईंदैन होला, बरु यो मिन पचासको बिदाँ मिला’र म काँ चौतारी जमघट अर्नि बिचाराँ छु के रे अरु के भन्छन्, कुन्नि?
 
Posted on 09-28-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!! मन के अरि बुझाउ भुन्ने भा'बेला यि गौतम बाबुले झन के के भा'ति लेखेर "....आज किन साथि मलाई रोँऊ रोऊँ लाग्छ... "जस्तो गरौचन ..

पुन्टेदा दर्शन गरे है
(मनमनै ...'आशिर्वाद दिलान त नि ढोग अरे'सि जसरी भे'नि' )

:)
 
Posted on 09-28-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशिर्वाद कईले नै नदेको थेम् र? आशिर्वादको मत्रै बिचार अर्नि हो भुने त बाह्रै मास दशैं चोतारीको सबैलाई! :D
 
Posted on 09-28-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-28-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D

namaste hai sabai gaule haru lai ...
 
Posted on 09-28-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari ma lekhum bhaneko yo unicode nepali converter bhanne chij khulne hoina.

Gotaame dai: Nostalgic bhaye jasto hunuhunchha ni! I felt the same way this morning when I came out my apartment. The cool breeze made me feel dashain. Ani tyahi bhaera office ma dashain ko dhoon bajaaudai kaam garna khojeko pattakai kaam ma mann gayena. he he he!!

Poonte Dai: Any thing for yaa bro....re kyaa!!

Miss: Namaste

Titauri: :D :D

Nepche: long time no see yaar!!
 
Posted on 09-28-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

खै कता गएछन् सबैजना?
 
Posted on 09-28-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि चौतारिमा आयको सबै लाइ भेटियो।। ल अब यो बर्ह्सको दशै पनि नया बिरानो ठाउमा बित्ने भयो।।। भर्खर् १ हफ्ता भयो यो गाममा आयको।।।

येनिअवय्।। सबैलाइ फेरिपनि दशैको शुभकामना, सेल् रोटि र खसिको मासु पार्सल् गरेर् पठाउनु।।
 
Posted on 09-28-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आइते! कहाँ हो तिमी? केनडाँडाको राजधानी ओखरपौवा (ओटावा) मा हो? अनि के छ नि त्यहाँको हालखवर? जाडो होला पक्का पनि, हुनत तिम्रो पुरानो गाममा नि जाडै त थियो नि, हैन?
 
Posted on 09-28-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-28-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोहर सालको जस्तो काल रात्री यसपाली नहोस्
फेरि फेरि रगतमा मुछिएको टीका थाप्न नपरोस्
साँचै नै दुर्गा, भगवती आदि अत्यादि छ भने
यसपलीको दशैं मा बन्दूक् बोक्ने कांधले
फूलपाति बोकेको हेर्न पाओस्


बिजया दशमिको यो सुशीलको यही छ, शुभ् कामना।

Vijaya Dashami ko Shuvakamana.
 
Posted on 09-28-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी पुण्टे दाइले तर्साए। लगातार सोह्र वर्ष रे! कति भास्सिराख्या' हौ त नि बूढा तो अऊँरिकामा!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
Is this a progressive step?
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters