[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 143997 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 08-31-09 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai khuda haafiz
 
Posted on 09-01-09 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाउवालो

अबे उठ्जा बे

गन्नु भाई बुलालेराहे -

 
Posted on 09-01-09 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै उठ्या छैन मुर्दार हरु


कती सुत्न सकेको हो ए पातकिहरु


कुम्भकर्ण हरु ए उठ -


 
Posted on 09-01-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



मंगलबारे गन्नुमय जदौ!


तारेमाम लहरे ,
आज त सबेरै ?


हिजो अस्ती १२ नबजी चौतारी न आउनेले अरुलाई मुर्दार भन्ने ? मुर्दारहरुको सर्दार ?


केली आयो भन्दैमा झेली गर्ने ?


 
Posted on 09-01-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


तारेमाम औतारी !


लहरे के छ खबर?


तिमी चौतारीमै सुतेउ कि क्या हो हिजो राती? चौतारीको चौथो वार्षिकओत्सव नि आउन लाग्यो अब !  ल ल बडार् कुडार गर बाओ अब !


अनी अहिले पुरे आएर सबैलाई च्या लेर आउछ !


ठुल्दाइ खोइ त? बुढाले हाजिरी किताब कता राख्दिये हिजो ब्यान?


ल ल सप'लाई बोलार ल्याउ जाउ जाउ !


जय गन्नु भाय !


 
Posted on 09-01-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अनी अहिले पुरे आएर सबैलाई च्या लेर आउछ !>>>

के रे?! के रे?! के रे??!! च्या ल्याउँछ रे? कल्ले भन्या? किन भन्या? काँ भन्या? कसरी भन्या? के भन्या?? तेत्रो बडेमानको च्या पकाउने मेसिन ल्या थें, सप्पैको लागि मनग्गे पुग्नी गरी च्या बन्थ्यो, त्यो मुर्दार, लहरेले घरमा पाउना आ छन, एकैछिनमा लेर आम्छु भनेर लेर गाको, ऐले त के च्या भाँडा, तपाईं को? कल्लाई खोज्या भन्छ, अझै मै च्या ल्याउनु पर्नी? लाज्-सरम हरण भा जस्तो छ। भन्न नि कसरी सक्या भन्या नि क्या, अचम्मै लाग्छ भन्या

ल प्रणाम गरें सब अवतारिहरुलाई, अघी आ थें तर त्यो मुर्दार लहरे त्याँ बसेर त्यो चिलिमको स्पोन्जमा आगो लाएर तान्दै थ्यो, ब्यान देखी के मुख मुखै लगाइ भो र भनेर म त तल सम्म घुमेर आको। ठुल्दाइको आवाज सुनेर आको त, रिट्ठे नि आइ सकेछन। ल लहरे, ठुल्दाइ, रिट्ठे अनी आउन बाँकी सबै कामचोरहरुलाई पनि प्रणाम!

 
Posted on 09-01-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


गाथमा आरामै होला के रे !


हिजो त्यो हाजिरी पुस्तिका ठुल्दाइले कता राख्देर जानु भये छ ! हिजो देखीको हाजिर गरेकै छैन ! अब आज मंगलवार कडा बार भन्छन के हाजिर गराइ भो र ! भोली बुधवार गरेसी फेरी दुई दिन बाँकी हुन्छ उता बरु एक्कै चोटि अब दशै बिदा अघी षस्टीको दिन एक मुस्ट हाजिर गर्नु पर्‍यो भन्दैछु म ! ठुल्दाइ के भन्नु हुन्छ?


 
Posted on 09-01-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे अनी पुरे सर


सरकारी नोकरी मा हाजिरी गर्ने काइदा त यस्तै हो। यस्तो काइदाले कहिले फाईदा कहिले बेफाईदा हुने रहेछ ।



फाईदा बेफाईदा जे भे नि यसरी नै हाजिरी गर्दै काम कुरा केही नगरदै जिन्दगी को १२० १५ बर्ष हाजिर गरे वापत तलब खाइयो क्या रे ।


 
Posted on 09-01-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के खान तल भन्ज्याङ को लाहुर्या भुइसी ब्याउन ला' जस्तो गरेर चिच्याउछौ ए पुरे ! अब त्यो भाडो साडो ल्याये नि न ल्याये नि हाम्लाई केइ छैन हाम्लाई त अगेनामा दुइटा दाउरो बालेर पकाको १ गिलास तातो च्या भये पुउछ ! 
 
Posted on 09-01-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हुल सँगै पुरे भन्ने जन्तु नि करार गइसकेछ


हन ए पुरे - बिन्सित्ती किन निहुँ खोज्छस् हँ, तेरो टाउको मा भाको खप्पर फुटाउन नपुग्या असत्ती -


अनी ठुल्दाइ आज चाडै आउनु पर्छ क्या मेरो अड्डा त्यही भएर आको चाडै - मुर्दार हरु ले चाडै बोलार


रिट्ठे सान के छ - त - हिजो बेपत्ता हुनु भो नि - कता सवारी नि


हैन ठुल्दाइ १२० १५ बर्ष के गरेर बिताएको हँ


१२० १२० बर्ष लौ न ठुल्दाइ कती बुढो त


 
Posted on 09-01-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे को नि टाउकोमा खप्पर रहेन छ ।



१५ बर्षमा १२० दिन हाजिर गरेर तलब खाको भनेको नि ।



१६ बर्षमा नागरिकता बनाइयो, १५ बर्ष जागिर खाइयो। भने सि ३१ बर्षको लक्का र पक्का जवान छु गाँठे।


त्यसइ राहुल भन्ने पनि पछी लागेका हैनन क्या ? खोइ कुरा बुझेको।



 


 
Posted on 09-01-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मोर्निग चौतारी
 ठुल्दाइ, रित्थे काक्स, लहरे ,पुरे  सबै अनुहार दनुहर नपरेका र हिस्सी नपरेका गाउले हरुलाई तारेमाम ल यो केली को खित.... खित्खित.........

खोइ चिया खैसकेको हो कि होइन कुन्नी , खैसक्या भे भोली लाई राख्ने ,नखको भने खाने ल



 
Posted on 09-01-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६ बर्षमा नागरिकता बनाइयो, १५ बर्ष जागिर खाइयो।


४ बर्ष इलाहाबाद नि जोड्ने कि ठुल्दाइ - अब ठुल्दाइ कै मुखले सुनेको हो मैले नि इलाहाबादी कुरा


अब जोड गर्दा ३५ पुग्यो -


अब एस.एल.सी दिन १६ बर्ष पुग्नु पर्छ होइन र ठुल्दाइ - एस.एल.सी नदेको भए बोर्ड कसरी आउथ्यो


भनेपछी १६ मा एस.एल.सी दिएको -


एस.एल.सी पछी इलाहाबाद त पक्कै गा होइन होला -


२ बर्ष ढुङ्गा हन्ने एस्पेरियन्स भा मान्छे - आइ एस सि पढेरै गा होला


२ बर्ष पनि जोड गर्दा ३७ त पुग्छ नै


अब अम्रिका आको नि ३ बर्ष भो भन्ने सुन्छौ - त्यो पनि जोड गरौ न है


हिसाब गर्दा ४० पुग्यो ठुल्दाइ - अब बिच्चमा भएको समय लाई मिलाउन खोज्दा ४ बर्ष होला नि है - जसमा नेदर्ल्यान्ड पनि पर्छ अनी अरु केही केही -


अब बेनिफिट अफ डाउट नै दिदा पनि ४२ देखी ४३ बर्ष को लक्का र पक्का जवान ठुल्दाइ


अब सकिन्छ त ठुल्दाइ लाई


 
Posted on 09-01-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलिsssssssss वो केलिssssssssssssss


चिया को लागि थ्यांक यू -


यो सो स्वीट


चिया खान नपा नि जुगौ भा थ्यो - आज खान पाइयो


 
Posted on 09-01-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योम्मा सा चिया खान नपा नि गुगौ भात्ह्यो भन्या  
ल हेर तेइ भेर  त ल्याइदेको नि ,

 खोइ त त्यो नखरमाउली हरु खुशी र क्रेजी का गाइरा होला ?


 
Posted on 09-01-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त बालै हो उनिहरु जहाँ गे नि -


तिमी छदैछौ नि -


बरु चिया सँग खाने अरु केही छ कि - पाउरोटी भएनी हुन्छ -


एसो बन्दोबस्त गर्न मिल्छ होला नि है -


त्यती गर्देउ न ल -


 
Posted on 09-01-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त चिया मात्र खार बस्या छु,  तिम्लाई का बाट पाउरोटी पाउनु? बरु एसो पप सप  किनेर ल्याइदेउ न चिया अलिकती बाँकी छ मेरो
 
होन यो ठुल्दाइ को  रिसर्च अझै सकेको चाइना भन्या
<<<केली आउनु बौचा धाउनु ,अर्थ ब्यापक छ>>>>
ठुल्दाइ., भात पकाउनु  पाके पछी खानु  अर्थ ब्यापक छ   कि चाइना ल अर्थ लगाउनु त के ताल को ठुल्दाइ होला?


 
Posted on 09-01-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गन्नुमय जदौ!


बैरे हप्ता दिन के हराको चौतारीमा केली मैया पनि पधारी सक्या रहेछ , लौ तारे गरे । अनी के हुँदै छ त गाम्ले हो ??


 


 
Posted on 09-01-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पप सप त छैन है -


नयाँ मान्छे जोइन भा रहेछ आज - बेगल ल्याथ्यो मैले त खाइदे - मिठो


बैरे मार्ट्साब के छ हौ -


ठुल्दाइ को रिसोच को चिन्ता नगर केली - एउटा कान ले सुनेर अर्को ले उडाउने - 


 
Posted on 09-01-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ बैरेचा  तारे तारे    , तारेमाम  भन्न नि कती  अल्छि  गर्या होला

ल यो चै  ठुल्दाइ ले पैला  पैला एलहबाद हुँदा  कसै कसै लाई एस्तो  भन्या थियो रे
तेरे प्यार के रोसनि एसी  है
हर तरफ उजला नजर आती है
सोचता हुँ कि घरकी बिजुली कतवा दु
कम्बखत बिल बहुत ज्यादा आता है
Last edited: 01-Sep-09 10:31 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters