Tusaro
Replies to this thread:

More by Tusaro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali word and its definition

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 65887 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 09-03-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since we all have different origin and background, I think it will be nice to discuss certain Nepali words here in Sajha. People can give certain words and let other people say what it is and reveal the exact definition later on.

साहीत्तिक शब्द सिक्नु - सिकाउनु मेरो लक्ष होइन। गांउले, ठेट, खरो, झर्रो शब्द सिक्न पाउनु नै यो धागोको मुख्य लक्ष रहेको छ।

मेरो पहिलो शब्द: पुल्ठी
 
Posted on 09-04-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thenks bhaute ji !

भउते जि लाई धन्यवाद !
तपाईं ले यसरी खुलासा गरी दिनु भएको मा जहाँ सम्म् मलाई लाग्छ तपाईं लाई नेपाली रिती रिवाज को बारेमा धेरै ज्ञान छ !
 
Posted on 09-04-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी को उत्तर सोर्‍है आना ठिक छ। तर यसमा हाम्रो तिर गर्ने बिधि पनि थप्न मन लग्यो मलाई।

हाम्रो तिर चाहि - लुतो फाल्ने बेलामा केटाकेटी सबै जाना मिलेर नाङ्लो थटाउने, जांतो पिध्ने, ढिकि कुट्ने, थाल ठटाउने पनि चलन छ। घरको मूलि ले अगुल्टो फाल्ने। अरुले त्यस्मा बिभिन्न कुरा गरेर सहयोग गर्ने। धेरै नै हल्ला हुने गर्छ यो बेला।

अफुले त सानो मा गरेको। सम्झनै गारो भयो। जे होस् दिन्भरि बन बनै घुमेर कुरिलो, काग भलायो खोज्न धेरै रमाइलो हुन्थ्यो।
 
Posted on 09-04-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी,

ओहोरा त था भएन तर आहारा चाहि था छ।

फोहोटो पनि था भएन तर फगटो (खेतको हलो नलाग्ने सानो गरो) र पगटो (चामल न लागेको धान)चाहि था छ।
 
Posted on 09-04-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिल जी, स्वागतम। (हुन त नेपाली भाषामा धन्यबाद पछि स्वागतम भन्ने चलन छैन जस्तो लाग्छ। धन्यबाद पनि मुस्किलले फुत्किन्छ :-) )
नेपाली रिति-रिवाजको जानिफकार त हैन, तर पनि आफूले गरि-बेहोरी आएका चलन भने बिर्सेको छैन भनम न।
तुषारो जी, लुतोफाल्नुलाई पुर्णता दिनुएकोमा धन्यबाद।

"ओहोरा" भनेको बनभोज। बनभोज जाने लाई ओहोरा खान जाने भनेर भनिन्छ हाम्रो क्षेत्र तिर। बनभोज भन्ने शब्द पछि किताबमा पढेर मात्र थाह पाएको मैले त। त्यो "फोहोटो" भन्ने शब्द मेरो कानले जे सुन्यो त्यै लेखेको। शुद्ध शब्दकोलागि धन्यबाद। मैले सोध्न खोजेको फगटो नै हो। त्यसैगरी पगटोलाई नि पोहोटो सुनेको थिएँ मैले। सायद मैले स्थानीय लवज पक्रिएँ होला।

नयाँ शब्द / चलन सुनाउँदै जानुहोला।

"खँड्यौली" भनेको के?
सोमबारे-औँसीमा (सोमबार औँसी पर्‍यो भने) के गरिन्छ ?

:-)
-भउते
 
Posted on 09-04-06 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलेदो‍‌‌=बेसार ,बेसार को बोट अथवा जमिन मूनि फलेको गानु भनौन
यसलाई हर्दि पनि भनिन्छ।दिनहु तरकारी पहेलो बनाउनलाई प्रयोग गरिन्छ नि ।


ओहोरा ---- हरियो चनालाई बोट संगै उखालेर आगोमा पोलेर खानुलाई पनि ओहोरा भनिन्छ हैनर?:)



"सोमबारे-औँसीमा (सोमबार औँसी पर्‍यो भने) के गरिन्छ ? "

सोमबार औँसी पर्यो भने बिहानै उठि कसैसंग नि नबोलि नुहाउने गर्छन । यो भगवान शिँव संग संबन्धित् छ।


'गट्टे' भनेको के हो?
 
Posted on 09-04-06 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हाम्रो तिर त फर्सी को सानो अथवा कलिलो फर्सी लाइ नै गट्टो भनिन्छ। त्यै भन्न खोज्नु भएको त हैन शुभ जी ले?
 
Posted on 09-04-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी,

खँड्कुलो भन्ने चाहि ठुलो पानि तताउने, बिहे, भतेर म भात पकाउने भाँडो हो। तर खँड्यौली चाँहि था भएन।

मेरो नयाँ शब्द

कल्स्यौली
बनमाला
 
Posted on 09-04-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ जी, सोमबारे औँसीको कुरा मिलाउनु भो। सोमबारे औँसीको दिन बिहानै उठेर कसैसँग नि नबोली ( आवाज नै ननिकाली) गंगाजीमा गएर स्नान गर्ने चलन छ। स्नान गरेपछि मात्र बोल्न पाइन्छ। यसको बारेमा एउटा रोचक कहानी सुनेको थिएँ सानोमा।

३ जना महिलाबृन्द बिहानै उठेर चुपचाप सोमबारे औँसी नुहाउन सँगै निस्केछन्। बाटोमा जाँदा जाँदै एउटीले जँगलमा स्याल देखिछन्। अनि:

महिला १ : आबुइ ssssssssssss स्याल !!!!!!!!!
महिला २ : ला sssssss यो त न ननुहाउँदै बोली बाई ।
महिला ३ : अँ ? तँ त खुब बोलिनस के रे।

अब नुहाउन जानुको कुनै अर्थ रहेन, अनि ३नै जना बाटै बाट फर्किन्छन।

मेरो पनि सानो को एउटा सम्झना ताजा छ। बिहान उठ्ने बित्तिकै बिस्तरामा नै रुन सुरु गर्ने बानी थियो सानोमा (अहिले चैँ त्यस्तो बानी छैन :-) )। अनि सोमबारे औँसीको दिन बिहान त मुख नधोइकन रुन पनि नपाइने। कहिले काहीँ बिर्सेर रोइहालिने रे'छ। अनि दादाले हातले मुख बन्द गरिदिँदै बोकेर दुगुराउँदै लगेर मुख धोइदिनुहुन्थ्यो। :-)

शुभ जी, हामीहरुको तिर तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा) लाई गट्टे भन्ने चलन छ। ठाउँ अनुसार यसको प्रयोग फरक पनि हुन सक्छ। अनि स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने (प्राय: केटीहरुको खेल) लाई गट्टा भनिन्छ।

तुषारो जी

कल्स्यौली: बिहेमा कलश बोक्ने केटी
बनमाला चैँ थाह भएन त।


खँड्यौलीको अर्थ अझै आएको छैन है।

:-)
-भउते
 
Posted on 09-04-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्स्यौलि --- काली काली


:) :)

ठिक भन्नु भो भउतेजी:D कोदो गहुँ आदिको ठुटालाई नि गट्टे भनिन्छ।

त्यो गट्टो भनेको चै मलाई था'नै भएन तुषारोजी

खड्यौली= संघार बाहिरको ठाँउ , ढोका भन्दा बाहिरको जमिन हो( ??)
 
Posted on 09-04-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त मेरो तर्फ बाट सथिहरुलई अरु नयाँ शब्दहरु

खलो

मीयो

दाँदे

जोतारो

टौवा

मानी
 
Posted on 09-04-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खलो : दाईँ गर्न खेतमा खुर्केर चिल्लो पारेको ठाउँ
मियो: दाईँ गर्न गोरुको लहरलाई बाँध्न बिचमा गाडेको खम्बा।
दाँदे: बिशेष गरि बारी वा खेतको माथिल्लो जमेको सतह खुल्ला गर्न प्रयोग गरिने दाँत भएको
औजार
जोतारो: जुवा र हलोलाई बावध्ने छाला बाट बनेको डोरी
टौवा: पराल राख्न बनाइने टाँड
मानी: जाँतोको बीचमा हुने सानो फलामको किला

:-)
 
Posted on 09-04-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute
Does that mean "Tauwa" and "kunyu" are the same thing???
 
Posted on 09-04-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tusaaro jee tapai ko sabai sabda haru dhan kate pachhi garine daai sanga sambhandit chha haina ra?
Khalo: dai garne ground
miyo: not sure but i think its that pole in the middle the gorus goe around
dade: thats the thing that goes on top of the oxes neck that connects to halo
jotaro: i believe he is the one doing ploughing
tauwa: paral rakhne pagoda style ko thau
mani: no idea
i believe u should be from around western development region...just guessing
 
Posted on 09-04-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes, mokshya u r right.
माफ गर्नुहोला। माथि गल्ति भएछ एउटा।

जोतारो: जुवा र गोरुलाई बाँध्ने डोरी

नारा: जुवा र हलोलाई बाध्ने छाला बाट बनेको डोरी
 
Posted on 09-04-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kunyu is before you rice is taken out from paddy and tauwa is just paral
 
Posted on 09-04-06 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खँड्यौली: कनिका, चामलबाट चोक्टेर बनेको मसिनो धुलो।

नयाँ शब्दहरु:

खरै
सुली
अनौ
कस्यौँडी
तसेली

pearljam जी टौवालाई नि कुन्यु भन्ने चलन छ कतै कतै। अनि मकैको घुँगालाई मिलाएर राखेको थुप्रोलाई नि कुन्यु नै भन्छ क्या रे।
 
Posted on 09-04-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी,

तपाँई का उत्तर सबै मिले। धेरै धेरै बधाई छ

कुन्यौ र टौवा म फरक छ। सायद भउते जी ले भन्नु हुने छ

पर्लजाम जी, राम्रो प्रयास तर भउते जी को उत्तर हेर्नु होला
 
Posted on 09-04-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhan kati sake pachi, paral rakhera banaune gajur jasto aakar bhayeko chiz lai kunyu bhanincha(malai thaha bhaye sammma)... Tauwa chahi pahilo choti sundai chu.....

Kasaudi: Bhat pakaune bhado... tama ko, chiruwa ko and I guess pittal ko pani huncha... ke ma sahi chu bhaute ji????

suli: funnel ho???
 
Posted on 09-04-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी,

खरै - था भएन
सुली - कुखुराको गु
अनौ - हलो मा गाडेको समत्ने handle
कस्यौँडी - बाटुलो परेको भात पकाउने बाक्लो भाँडो usually of aluminum
तसेली- त्यो चाँहि बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass
 
Posted on 09-04-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suli : Kukhura ko Suli

Kasaudi : khaana pakaaune round bhaado. Bhaat pakaaune bhaado.

aru sabai pass :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters