[Show all top banners]

ojhasamajdhangadhi

More by ojhasamajdhangadhi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SIDDHARTHA COTTAGE CHAURAHA DHANGADHI
[VIEWED 160 TIMES]
SAVE! for ease of future access.
Posted on 02-22-26 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतिलाई याद होला यो बोटल । अहिले ४० कटेकाहरुले भने यो बोटल पक्कै देखेका होलान् । र शायद यो बोटलमा आएको दुध पनि पिएका होलान । तर नयाँ पिँढीलाई भने यो बोटल र यो बोटलसंग गाँसिएका कथाहरु थाहा छैन होला । कुनै बेला यो बोटलमा एकाबिहानै दुध आइपुग्थ्यो । आधा लिटरको यो बोटलमा दुध आउन पछि बन्द भयो । त्यसपछि भने प्लास्टिकको पोचमा आधा लिटर दुध आउन थाल्यो । शायद ३८ सालपछि बोटलमा दुध आउन पूर्णरुपमा बन्द भयो ।
कोकका बोटल झै यो दुधको बोटल पनि क्रेटमा आउने गर्दथ्यो । दुध बिक्रि गर्ने डिलरको पसल अगाडि बिहानै चारबजे नै दुधका बोटल छोडिएका हुन्थे । धेरैजसोले दुधको गाडी आउना साथ नै पसल खोलेर दुध भित्र राख्दथे । कतै ढिलो हुन गयो भने एकाबिहानै हिड्ने मुर्खहरुले एकदुइ बोटल पिइदिन्थे । यो बोटलको माथि पातलो सिल्भर फोइल लगाइएको हुन्थ्यो । त्यसैले दुध पिउन सहजै सकिन्थ्यो । अझ शुरु तिर दुध लिन लाइन नै बस्नु पर्दथ्यो । यो दुधको बोटलको सबैभन्दा माथि सतहमा दुधको बाक्लो छालि (तर) बसेको हुन्थ्यो । लाइन बसेर दुध ल्याउनेले त्यो छालि खान पाउँथ्यो । त्यसैले अरु काम गराउँदा जान नमाने पनि दुध लिन पठाउँदा भने छालि खाइन पाउने लोभले घण्टौ लाइन बसेर पनि दुध लिएर आउने गर्दथ्यो । पछि बिस्तारै उत्पादन बढि हुन थाले पछि भने दुधको लागि लाइन बस्न नपर्ने भयो ।
https://youtube.com/shorts/jhDu3trp3TM?feature=share
दुधको कथा
पुरानो लिखतमा भेटिए अनुसार बि.सं. १८९३ मंसिर १८ गते काठमाडौ बजारको मुल्य सूचीमा दुधको मुल्य एक रुपैयामा १६ सेर लेखिएको पाइन्छ । जसका अनुसार एक रुपैयामा ४८ माना जति दुध पाइँदो रहेछ त्यसबेला २ पैसाको १ माना पर्न जान्थ्यो । जबकी त्यो समय ४ आनामा एक धार्नी राँगोको मासु पाइन्थ्यो । यस अर्थले १२ माना दुधले एक धार्नी राँगोको मासु आउँदो रहेछ । अचेल भने १ धार्नी राँगोको मासु किन्न करिव १८ माना दुध बराबरको रकम लाग्छ ।
नेपालमा दुधको ब्यबसायिकरण
दुग्ध क्षेत्रको विकास वि.स. १९१७ मा पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट एउटा जर्सी साँढे, दुइवटा जर्सी गाई तथा क्लोभर घाँसको बिउँ नेपाल भित्राएका थिए । यसपछि सभ्रान्त राणा परिवारमा उन्नत बढि दुध दिने गाईहरु भारत तथा यूरोपबाट मगाउन थालिएको पाइन्छ । वि.स. २००९ मा स्विस सरकारको सहयोगमा विश्व स्वास्थ्य संगठनले रसुवाको लाङटाङमा याक चिज उत्पादन केन्द्रको स्थापना भएको थियो । यसको एक वर्ष पछि नै वि.स. २०१० मा नेपाल सरकार कृषि विभाग अन्तर्गत रहेको दुग्ध विकास वोर्डको स्थापना गरिनुको साथ साथै काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित टुसाल र भक्तपुरको खरिपाटीमा लघु दुग्ध प्रशोधन कारखानाको स्थापनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । २०११ सालमा दुग्ध विकास आयोगको स्थापना भएको थियो ।
२०१३ सालमा पहिलो पञ्चवर्षिय योजना घोषणा भएसंगै २०१३ फागुन २९ गते काठमाडौ लैनचौरमा प्रति घण्टा ५०० लिटर प्रशोधन क्षमताको केन्द्रिय दुग्धशालाको स्थापना भएको थियो । यसको लागि न्यूजिलैण्डको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग प्राप्त गरेको थियो । यसका साथै भक्तपुर खरिपाटीमा पनि सानो दुग्धशाला स्थापना गरिएको थियो । २०१५ सालबाट लैनचौरमा रहेको दुग्धशालाबाट प्रशोधित दुध उत्पादन गरेर बिक्री समेत थालिएको थियो । वि.सं २०१७ मा पून: सोलुखुम्वुमा थप १ याक चीज केन्द्रको स्थापना भएको हो ।
वि.सं २०२६ सालमा दुग्ध विकास वोर्डवाट उल्लेखित २ दुग्ध संकलन केन्द्र र ३ याक चीज केन्द्र साथै लैनचौर स्थित दुग्धशाला सबै दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । यसको लगत्तै वि.सं २०२७ मा गोसाईकुण्ड, रसुवा, वि.सं २०२८ मा चोर्दुङ्ग, दोलखा र वि.सं २०२९ मा क्यामा, रामेछापमा गरी थप ३ याक चीज केन्द्र स्थापना भएको देखिन्छ ।
२०३० साल बैशाखमा हेटौडामा १५ हजार लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको हेटौडा दुग्ध वितरण आयोजना तथा २०३० सालमा नै बिराटनगरमा २५ हजार लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको बिराटनगर दुग्ध वितरण आयोजना स्थापना भएको थियो । यस्तै २०३७ सालमा पोखरामा १० हजार लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको पोखरा दुग्ध वितरण आयोजनाको शुरुवात भएको थियो । २०४६ भदौ १२ मा बुटवलमा २५ सय लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको लुम्विनी दुग्ध वितरण आयोजना र २०५६ सालमा कोहलपुरमा ८ हजार लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको नेपालगञ्ज दुग्ध वितरण आयोजना, २०६५ साल फागुन २ गते ढल्केवारमा ५ हजार लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको जनकपुर दुग्ध वितरण आयोजना तथा २०६७ जेठ ३१ गते अत्तरियामा ७ हजार लिटर प्रति दिन दुग्ध प्रशोधन क्षमताको धनगढी दुग्ध वितरण आयोजना स्थापना भएको थियो । यसरी दुग्ध प्रशोधन केन्द्र बन्दै गरे तापनि पोखराको दुग्ध वितरण केन्द्र भने घाटामा गएको भन्दै स्थापनाको ११ वर्षमा नै निजी क्षेत्रको जिम्मा लगाइयो ।
२०३७ सालमा लिइएको तथ्यांक अनुसार वार्षिक ६ लाख १० हजार मेट्रिक टन दुध उत्पादन हुने देखिएको थियो । जसमध्य ३ चौथाइ भैसीको तथा १ चौथाइ गाईको रहेको थियो । यसरी उत्पादन हुने दुध मध्य सरदर एक नेपालीले वार्षिक ३३ लिटर पिउने तथा अन्य दही, घ्यू बनाउने तथा भारत तर्फ निकासी गर्ने भेटिएको थियो ।
२०२६ सालमा काठमाडौमा दुग्ध वितरण आयोजना स्थापना भए पछि प्रति लिटर दुध रु १.६० मा बिक्री वितरण थालिएको थियो । यसरी बिक्री आरम्भ गर्दा पहिलो पटक आधा लिटरको शिशाको बोटलमा दुध वितरण थालिएको थियो । २०३७ सालमा पोखरामा दुग्ध वितरण आरम्भ गर्दा समेत बोटलको नै प्रचलन यथावत रह्यो । २०३९ बैशाखमा कृषकहरुसंग रु ३.६३ प्रति लिटरमा दुध खरिद गर्न थालिएको थियो । जबकि यस अगाडि मात्र रु २.७५ मा खरिद गरिरहेको थियो । २०३९ मा बिक्री मुल्य रु ३.५० हुँदा लागत मुल्य प्रति लिटर रु ३.८६ पुगेको थियो । २०४१ सालको असारमा दुधको बिक्री मुल्य प्रति लिटर रु ४.५० कायम गरिएको थियो । आधा लिटरको बोटललाई रु २.२५ पैसामा बिक्री गर्न थालिएको थियो । २०३९ सालमा पहिलो पटक प्लास्टिकको पोचमा पनि आधा लिटर दुध बेच्न थालिएको थियो । त्यस्तै चीज तथा बटर प्रति किलो रु ६० मा बिक्री गरिन्थ्यो । पछि दुध बोटलहरु बढि फुट्न थालेपछि शिशाको बोटलमा दुध वितरण पूर्ण रुपमा बन्द भयो ।
दुग्ध उद्योगमा निजी क्षेत्र
वि.सं. २०३६ मा औपचारिक रुपमा दुग्ध व्यवसायमा नेपाल डेरी उद्योगको प्रवेशसंगै निजी क्षेत्रको प्रवेशको शुभारम्भ भएको थियो । हेरम्ब बहादुर राजभण्डारीले फिलिपिन्स विश्व विद्यालयबाट दुग्ध विज्ञानमा पिएचडी गरेर आए पछि २०३६ सालमा नेपाल डेरी प्रा.लि. दर्ता गरि ब्यबसायको थालनी गरेका थिए । वि.सं. २०४९ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डको स्थापना भए पछि २०४९ मा नै दुध उत्पादनमा संलग्न कृषकहरू संगठित भई दुग्ध उत्पादक सहकारी संस्थाको गठन गरेका थिए । वि.स. २०५२ मा दुग्ध विकास संस्थान अन्तर्गत विराटनगरमा धुलो दुध कारखानाको स्थापना भएको थियो भने निजी क्षेत्र अन्तर्गत वि.सं. २०६५ मा पोखरा र चितवनमा ठूलो स्तरको धुलो दुध कारखानाको स्थापना भएको थियो । जसले गर्दा मिल्क होलिडेको समस्यालाई करिव करिव समाधान गर्ने प्रयासको शुरुवात भएको थियो । विगत डेढ दशक देखि कृत्रिम गर्भाधान कार्यक्रमको प्रभावकारी विस्तारको कारण दुग्ध उत्पादन बृद्धिमा तीब्रता आएको छ । नेपालमा हाल दैनिक ४८ लाख लिटर दुध उत्पादन हुने गर्दछ । जुन सरदर प्रति ब्यक्तिलाई बाँड्ने हो भने १६० मिलीलिटर हुन आउँछ । तर सरदर प्रति ब्यक्ति प्रति दिन २०० मिली लिटर दुध तथा दुग्ध पदार्थको खपत हुने गर्दछ । यसर्थ अझै पनि नेपालमा दैनिक प्रति ब्यक्ति ४० मिलिलिटर (वार्षिक १३ लिटर) दुध वा दुग्ध पदार्थको खपत बिदेशमा निर्भर रहेको छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
EAD Filing
अब के हाेला त?
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
Work Permit
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters