[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

mno

ramromanchey
:: Subscribe
Back to: History / Culture Refresh page to view new replies
 जय होस् नामर्द हरुको |
[VIEWED 11504 TIMES]
SAVE! for ease of future access.
Posted on 01-02-14 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशका सबै लक्का जवान कोही पढ्न कोही कामको खोजिमा शहर छिर्ने देखी बिदेसिएका छन | कती साहसि छौ हामी अफ्गानिस्तान देखी इराक का लडाईंको बेला मा पनि सेवा गर्न पुग्यौ | कामले सानो र ठुलो हुने देशमा : बिदेसिएर सानो हुन बाट जोगिने प्रयास त हैन ?  अरुको के कुरा गरौ, मेरो कजन सब्-ओभर्सियर को काम २-४ महिना के गरेको थियो। उस्को भाई तेही जिल्लाको नगरपालिकामा इन्जिनियर भएर आए पछी काम चटक्क छोडि दियो | सानो हुने डर बाट त्रसित भै छोडेको हुनु पर्छ ? बिडम्बना के देख्नु र सुन्नु पर्यो भने खाडी मुलुकमा गएर काम गर्न तयार थिए अनी दौड धुप मा पनि लागेका हुन ।
देवालीको बेला म आफ्नो जन्मस्थान पुगेको थिए , यो कुरा तेही मेरो गाउको हो | सारा गाउका युबा लाहुरिएका  छ | मुग्लान न् लाग्ने जती लाई बिशेष गरी बुढा पाकाहरुले नामर्द भनी टोकसो गर्दा रहेछन | गाउमा भएका लक्का जवान  २-४ जना मात्र बाँकी रहेछन  यिनी हरुको काधमा धेरै दाइत्व थपिएको छ अनी ति बुदापाकाले ठुण्गी नहानी उनिहरुको उपस्थितिको मर्यादा गन्रु पर्ने हो तर नामर्दको उपाधीले बिभुसित गरिदिदा रहेछन | 
कोही उभो लागे : काध हालेर घाट सम्म पुर्याउन र दाउरा सन्कलन गर्न उनी हरुनै हुन्छन| दसैं आयो खसी बोका छप्क्याउनलाई इनै नामर्द हरु नभै दसैं भित्रिदैन |
लौन यि नामर्दहरुको लागि के गर्न सकिन्छ ?| यिनीहरु देश सेवा गरेर बसेका कुरा गाउले हरुको मस्तिस्क्मा कसरी भरिदिने ? दु:ख लाग्दो कुरा गाउमा भएका लट्ठक इनै हुन तर चेली बेटीहरुले पनि कमाउ श्रीमान नै खोज्ने रहेछ्न !मन्पराएकाहरु बाट रिजेक्ट्मा परे रे ? शायद सुन्दा सुन्दा तिनिहरुको मस्तिस्कमा पनि साँच्चै नामर्दनै हुन भन्ने परेको हो कि ? गाउमा भएका २-४ जना ठिटा हरुको यो हालत छ तिमी बोकाहरु अमेरिकामा पुग्ने हरु किन गन्थन गरी बस्छौ ?
 यिनीहरु  गाउका हिरो हुन, सेविएर हुन , एउटै कम्जोरी बिदेसिन चाहेनन,वा  चाहेर पनि सकेनन , नलागौ ब्यक्तिगत कुरा तिर | लौ यिनी हरुको लागि के गर्न सकिन्छ , बिदेस बाट गाउ घर जानेहरुले यिनिहरुको हौसला बढाउने अनी ति बुढा पाका हरुलाई सम्झाऊन लाई समबाब्यता हैन सुझाब र कार्य पक्ष : साझा छिर्ने ,ढुक्ने, चौतारीमा गफ हाक्ने सबै  महानुभाब हरुको सुझाब बटुल्न खोज्दै छु | अर्को पल्ट गाउ जादा यि सुजाब बाट केही गर्न सकिन्छ कि यि गाउका हिरोहरुलाई?

Last edited: 09-Jan-14 08:47 PM

 
Posted on 01-02-14 1:23 PM     [Snapshot: 67]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानीमरुवा काइते विद्वान फेरी भुक्यो, तेरा गोर्खे तुरी काम गरेन भने सबै नामर्द .......
 
Posted on 01-02-14 2:40 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्र र गज्र स्वाठ हरुको कुनै कमी छैन साझामा :अरुले चिनाउनुनै नपर्ने , मै हु भनि ध्वासो समेत पोतेर देखा पर्नेलाई दश औलिको सलाम | काम छैन बुहारी साझा छिर : दिन बिताई यसरीनै हुँदै छ | अर्को धागोमा गरेको कमेन्टको उपहार हो यो ?
Last edited: 15-Jan-14 08:11 AM

 
Posted on 08-13-14 3:05 PM     [Snapshot: 1219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीहरु लाम लागेका छौ बिदेश जागिर खान !
 सिप मुलक पेसा अपनाए बिदेश जानै पर्दैन थियो | राजा त्रिभुवन देखी हालका सुशिल कोइराला को पाला सम्म हामीले सिप मुलक तालिम दिने ब्यब्स्थाको बिकास गर्न सकेनौ नत हामी नेपालीले सिक्ने कोशीश नै गर्यौ !
बिदेश गए पछी टाटा टिप्न पाइने म्रिगमरिचिका बोकेर गएका छन ! नमरी स्वर्ग देखिन्न , बिदेस नगै था हुन्न , अरुले सम्झाएर सम्झिदैन |  
Last edited: 13-Aug-14 03:12 PM
Last edited: 28-Aug-14 12:53 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
whats wrong living with your parents ?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters