मस्त उमेरकि युवतिको छातिमा बगेको पसिना जस्तै गरि वारि मिर्लुंग पारि जिताकोट को डाडोलाइ छुट्याएर बिचबाट बगेको रिस्तिखोला। कुन्नि किन हो, मिर्लुङ्को डाडामा भन्दा जिताकोटको डाडामा घना जंगल छ, सायद, जिताकोटको डाडा दक्षिण फर्केकोले होला।
यहि खोलाका वारि र पारि कति शहिद जन्मिए, कति प्रतिभा जन्मिए, कसैसंग हिसाब छैन। तेहि भिरपखामा जन्मेर हुर्केका हजारौ चमेली मध्य एक को कथा हो यो।
"ले ले गौथलि, एक् करुवा पानी" दिनभरि ढुङा घरे बराजुको खेत जोतेर बेलुका घरफर्के पछि आगनमा फुत्त हलो फ्याक्दै हर्केले भन्यो। भित्रबाट एउटा सिल्बर्को करुवा मा पानी ल्याएर गौथलिले हर्केको छेउमा रखि। हर्केले धित मोर्ने गरि कलकल पर्दै पानी पियो।
गौथलि हर्केले पानी पिउन्जेल एकोहोरो हर्केलाइ हेरिरहि। करुवाको धाराबाट झरेको पनी अलि अलि हर्केको घाटि बाट छातितिर झर्दै गरेको उसले सजिलै देख्थि।
"किन खुशि छैनस् जस्तो छ नि?" करुवा राखेर अफ्नि स्वास्नितिर हेर्दै हर्केले सोध्यो।
जति गरिब भए पनि, दिन भरि पसिना चुहाएर भए पनि, हर्केले गौथलि लै खुशि पार्नलाइ कुनै पनि कसुर बाकि राखेको थिएन।
करापुटारको मेलामा दोहोरिखेल्दा खेल्दै भगाएर ल्याएको थियो गौथलिलाइ। गाउका ठिटिहरुसंग नजिस्केको पनि हैन, उमेरमा खाइलाग्दो थियो, गाउका तरुनि पनि मरिहत्ते हाल्थे, तैपनि एकै रातको दोहोरिमा नै गौथलिसंग जिवन बिताउने बाचा गर्यो।
"खासै केहि पनि भएको छैन" गौथलिले करुवा उठाउदै भनि। किन किन हर्केलाइ गौथलिले केहि ढाटी जस्तो लाग्यो।
"अनि अब कहिले सकिन्छ त ढुङाघरे को रोपाइ?" गौथलिले कुरा टार्दै सोधि।
"खै बल्ल आज गैरिखेत सकियो, अझै टारि, र कुडेलो टन्नै बाकि छ, लाग्ला अझै १५-२० दिन्" हर्केले एक सासमा नै भन्यो।
"यो बर्ष त खै, पानी पनि राम्रो संग परेन, टारिको रोपाइ त के होला र खै कुन्नि"
"हेर्दै जांउ, के हुन्छ" सन्त्वना दिदै हर्के ले भन्यो।
क्रमश: