शृंखला (By Deep)
हाम्रो टोलाँ एउटा परीबार बस्न आ धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर उ भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न त उ आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै उ झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा उ शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।
त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। उ त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ। ए, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।
अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर म जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने म त उस्को प्रतिद्वन्दी नै थिईंन। म सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?
संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।
शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।
एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।
एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।
एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।
यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।
"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।
मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।
शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।
शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।
बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।
आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।
पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।
टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।
त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।
त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।
शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि।
एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।
उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"
"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।
बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।
उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।
मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --" ....
**********************************************************************************
मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --" ....
साँझले रातको भुमीका निभाउन सुरु गरीसकेको त्यो बेला सडक-बत्ती कुपोषणले ग्रस्त हाडीगाउँको त्यो बाटोमा बाङ्गेले किताब फरर पल्टायो फेरी त्यसै गर्यो। म पनि हेर्दै थिएँ। ढुकढुकी ढिक्कि कुटे झैं थियो अघि देखी।
"अघि कराउँदै बोलाउँदै गर्या तेस्को बाउ हैन?" बाङ्गेले सोध्यो।
"होला नी" मैले भनें। मलाई त्यो कुरा प्रासंगिक लागेन। "बाउले बोला हो कि आमाले त्यस्को के मतलब भो रित्तो किताब भेट्या बेलाँ?" मैले किताब बाङ्गेको हात बाट लिदै सोधें।
"बाउले अब तेरो क्षितिजको बन्दोबस्त गर्छ हेर्न -- " बाङ्गेले मुस्काउँदै भन्यो।
"किन?" बाङ्गेको कुटील हाँसो हेर्दै म झर्किएँ।
"किन अब? किताबमा च्याप्या चिट्ठी काँ झारी -- भेट्यो होला नी बाउले --" उस्ले भन्यो।
"हो त" मैले पनि सोचेँ "साँच्चै झारी त?"
"ल ल हिन छडकिम अब -- आउँछ बाउ अहिले तातेर अनि डाम्ला तँलाई पनि। " बाङ्गेले सतर्क गरायो।
मैले शहीदको त्यो कम्पाउण्ड वालमा बन्द ढोका नजिकै पुगेर सुनें। भित्र हो हल्ला केही थिएन। बाङ्गेले नी सुन्यो अनि भन्यो "बाउ अलि सोझो छ जस्तो छ बुझिस -- चालचुल छैन--सम्झाउँदै होला -- ल बधाई छ तँलाई -- "
बाटोबाट अलिकति भित्र गल्ली छिरे पछी थ्यो त्यो शहीद गेट -- त्यै कम्पाउण्ड वालको ढोका क्या। मैले त्यता गल्लि तिर नियाल्न थाले -- चिट्ठी त्यतै खस्या छ कि भनेर। मैले बुझेको थिएँ क्षितिजले मलाई मात्र देखेर तल आएकी थिई। किताबमा चिट्ठी च्यापेर आएकी हुनु पर्छ। आउँदा आउंदै बाउले देखेर साझाँ छोरी कता जान लाई भनेर बोला होला।
अनि उ चै त्यो किताब मलाई जिम्मा लाएर फर्किहाल्ने सुरमा हुंदी हो। त्यै बेलाँ अघोरी बाङ्गेले मलाई भेट्या थ्यो। क्षितिजलाई मुस्किल पर्या हुनु पर्छ त्यति बेला। बाङ्गेको अगाडी त्यो किताब मलाई दिन उस्लाई पक्कै मन थिएन तर नदिई फर्केर जाँदा बाउको फेला पर्ने सम्भावना बलियो। त्यसैले होला उ के गर्ने के गर्ने को मनस्थितीमा थिई अनि हतार हतार किताब मलाइ दिएर गएकी प्रस्टै थ्यो।
मैले गल्लीको भुईँ नियाल्या देखेर "यतै खसल्या भे त हुन्थ्यो नी" भन्दै भुईँ नियाल्न थाल्यो बाङ्गे पनि। कत्ति न उसैलाई देको चिट्ठी हराको हो कि झै थ्यो फेरी बाङ्गेलाई।
हामी यता उती हेर्दै थिम, बाटामा शिबदाई झुली रा देखिए। टवाँटको सुरमा त्यसरी उनी कैले त बिहानै देखी झुली रा हुन्थे नभए नी साँझाँ त सधै। भेटे पछि दिक्कै लाग्ने गरी ओगटथे। कुरा नगरे जथा भाबी बोलेर आईलाग्ने। घरै सम्म आईपुग्थे। उनलाई पन्छाउन भन्ने कि मन्छाउन असाध्यै गार्हो थ्यो। मैले बिस्तारै तर बाङ्गेले सुन्ने गरी भनें "उता बाटो तिर नहेर है शिबदाई झुली राछन -- नदेख्या जस्तो गरेर यतै भुईँ तिर हेरी राख -- उनी बाटो लाग्छन अनि बत्तिनु पर्छ।"
"के खोज्या हँ?" शिबदाई त हामी छेउ मै पो आईपुगेछन बाटो लाग्न छोडेर।
के भन्ने के -- म सोच्दै थिएँ बाङ्गे बोली हाल्यो "सय रुप्याँ नोट थ्यो काँ झर्यो झर्यो"
"सय रुप्या रे?" शिबदाई अलि टाठो जस्तो भए।
"हो दाई -- गैँडा हरायो नी" बाङ्गेले भन्यो। मलाई चैं हास उठ्यो। हाँस्न भएन।
"यही हरा?" शिबदाई पनि सोध्दै खोज्न थाले।
"यतै तिर हो" जस्तो लाग्छ बाङ्गेले सुनायो अनि फेरी थप्यो "घराँ त छोडीन होला -- हाताँ समाति रा थेँ -- घराड त ल्याकै जस्तो लाग्छ -- यो गल्लीमा छिर्दा सम्म थ्यो -- निस्किदा छैन"।
शिबदाई "हमें तुम्से प्यार कितना यह हम नही जानते--" लरबराको स्वरमा गाउँदै थिए-- गीतको बोल रोकेर अलि ठुलो स्वरमा भनें "घरैमा छोडीस होला -- जा घराँ गएर हेरेर आईज --यहाँ भेटें भने म राख्दिरन्छु" अनि फेरी म तिर हेरेर भने "जा तँ पनि -- तिमीहरु घरमा हेर म यहाँ हेर्छु -- जस्ले पैला भेटछ मुकेसको भट्टीमा आउने।"
"हस दाई, भेटनु भो राखीरख्नुस है" भन्दै बाङ्गे र म मुस्किलले हाँसो थामेर हिनीम।
"तिमेरुले चिन्तै गर्नु पर्दैन -- पैसा त म राख्दिहाल्छु नी-- " बर्बराउँदै उनी फेरी खोज्न थाले -- के खोज्या हुन के भेटने हुन कुन्नी --- हामी गल्लीबाट निस्किंदै गर्दा उनी "यह लाल रंग --" गाउँदै थिए।
"त्याँ लेटर भेटे भने?" सडकमा आए पछि मैले भनें।
भए पो भेट्टाउँछन। हाम्ले हेरेकै हो नी --- कि त त्यस्ले भित्रै झारी--कि किताबमा च्याप्नै बिर्सी" बाङ्गेले भन्यो। डबली अगाडीको पसलमा आईपुगे पछि बाङ्गेले "खै ले त एक चोटी फेरी हेरम" भन्दै किताब म सँग लिएर त्यो पसलको उज्यालोमा हेर्न थाल्यो। म संगै थिएँ। बाङ्गेले पाना पल्टाउँदै थ्यो। अनि देखियो।
चिट्ठी भनेर चिट्ठी थिएन तर किताबमै पेन्सिलले केही पंक्तिहरु लेखेको थ्यो। "तरुनी त खुँखार रे छे" बाङ्गेले आफ्नो प्रतिक्रिया दियो। मैले उ सँग किताब खोसेर लिएँ अनि भनें "हेर बाङ्गे यो कुरा कसैलाई नी नभन है -- अरुहरुलाई भनीस भने राम्रो हुँदैन नी फेरी"
"अब के राम्रो के नराम्रो -- त्यसलाई हेरेर र सम्झेर गरेर छ सात बट्टा जति चुरोस र एक सिसी जति बाउको रक्सी सकाएँ होला मैले -- तरुनीले लभ चैं तँ सँग गर्न लाई --अब यो भन्दा नराम्रो अरु के हुन्छ?" बाङ्गे दिक्क माने झै गरी भन्यो।
म घर तिर लाग्छु भन्या बाङ्गेले "आईज सरसोतीथान पछाडी एक एक राउण्ड तानम -- तेरो लभ मेरो ट्र्याजिडी पर्या दिन" भन्यो।
आफुलाई ती पक्तीहरु पटक पटक पढ्न मन लाइ रा बेलाँ --- मैले केही भन्नु अघि नै बाङ्गेको बाउको सरकारी मोटर आयो। राम्रै भयो। बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --
---शृङ्खला कायमै छ ---
***********************************************************************************************************************************
***बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --***
अघि पसलमा देखेका पंक्तिहरु मात्रै होईन, किताबका अरु पानाहरुमा पनि अरु पंक्तिहरु छरीएका रहेछन। आँखाले बडो जतनले उठाएँ ति शब्दहरुलाई, मायाले स्पर्श गरें उस्का ती बयानहरुलाई अनि आस्था पूर्बक सजाएँ ति भावहरुलाई मनको गहीराई भित्र।
कौसी भरी गमला थिए, अनि गमलामा थरी थरी फुलहरु फुलेका। यस्तो लाग्थ्यो मानौं समय बिहानीका ती पलहरुका हो जुन सूर्योदयको केही पल अघि क्षितिजमा स्थिर थिए। म थिएँ अनि मेरो स्पर्शमा क्षितिज थिई।
"दीप" चिने चिने जस्तो आबाज थ्यो तर क्षितिजको हैन। मैले वरीपरी हेरें त्यो बगैंचा जस्तो कौसीमा म र क्षितिज बाहेक अरु कोही थिएन।
"दीप" फेरी आबाज आयो।
मैले फ्याट्टै चिनें--यो आबाज त बाङ्गेको हो। "बेला न कुबेला---" रिस उठेर् आयो। क्षितिज पनि देखिन, अनि अरु केही पनि।
"फुटाल्दिम झ्याल कि खोल्छस?" बाङ्गेको स्वर मेरो कानमै आएर ठोक्कियो। यसो घडी हेर्या चार बज्न आँटेको रहेछ। निन्द्राकै सुरमा झ्याल खोलें। बाहिर अध्यारै थियो। बाङ्गे ठिंग उभी रा।
"के गर्न आधाराताँ मर्या तँ यहाँ?" मलाई पटक्कै चित्त बुझ्या थेन उ त्यसरी आएर मेरो र क्षितिजको साथ भाँडेको।
"के को आधारात? घाम झुल्किन लाईसक्यो-- ल ल उठ" उस्ले भन्यो।
"रातभर बाहिरै छस कि के हो तँ? कस्तो राम्रो सपना देखिरा बेलाँ --" मैले भन्दै थिएँ उस्ले "आफ्नो त सपना पनि छैन सपनामा आउने पनि छैनन अनि ढिलो सम्म के सुताई भो र --" भन्दै मेरो कुरा काट्यो।
"के गर्नु पर्यो यतिबेला?" मैले सोधें उस्लाई।
"के गर्नु पर्यो रे अझ? फुटबल खेल्न जाने भन्या हैन हिंजो?" उस्ले सम्झायो।
भन्या त हो तर यत्ति छिटो त भन्या थे न। त्यै पनि त्यो त हिंजोको कुरा। हिंजो मन लाग्या थ्यो जाने कुरा गरीयो आज मन थिएन आफुलाई।
"जान्न म त -- बरु एक निन्द्रा सुत्नु पर्यो--" मैले भन्दें।
"ल हेरम त कसरी जाँदैन रेछस -- अहिले म तेरो घराँ सबैलाई उठाई दिन्छु नी -- अस्ति देखी भन्या हैन आज देखि फेरी सुरु गर्ने खेल्न भनेर?" उ अलि झर्कियो। अनि थप्यो "अब बिपनामै भेटे पछि के खान सपनामा पर्खिनु पर्यो? ल --ल-- उठ-- बाहिर आईज"।
नउठी सुख थिएन। बेक्कारमा खेल्छु भन्या फुटबल सोच्दै ठिक परें। अनि बाहीर निस्किएँ। दशैको बेला आउन लागेको थ्यो। कुहीरोमा जिस्किदा ती शितहरु अनुभव गर्दा भने रमाईलो लाग्यो।
"तँ र म मात्रै?" मैले सोधें।
"हैन, ट्वाकलाई उठार आको म -- त्यसले झ्यालिन्चा, छ्याक, कुबेर, पुडके लाई लिएर आउँछ, हाम्ले चै बर्मु, सुपारी, बाघ:, हल्दार र गुरुलाई लिएर जाने हो।"
जस्लाई उठाउन गयो जान्न भन्ने पहिला फेरी किच किच गरेर उठायो गर्दै सबै भेला भैयो भगबती थान अगाडी। बिहानको पौने पाँच जति बजेको थ्यो होला त्यहाँ बाट सानोगौचर तिर लाग्दा।
एक हुल हामी फुटबल लिएर त्यो बिहान अनेक थरी गफ हाँक्दै सानोगौचर तिर
लाग्दा रमाईलो भा थ्यो। हामी बिहान बिहान त्यहाँ फुटबल खेल्न जान्थिम तर झण्डै झण्डै एक महिना देखि त्यो क्रम रोकिएको थ्यो।
टंगाल स्कुलबाट देब्रे लागेर बालमन्दिरको पूर्ब पर्खाल छेउको बाटो हुँदै पुगियो सानोगौचर। फुटबल चौर आधि सम्म देखिन्थ्यो। अर्को तिर कुहीरोले छेकेको थ्यो। एउटा गोल पोस्ट बाट अर्को गोल पोस्ट देखिन्न थ्यो। को को कता तिर बाट खेल्ने त्यो भागबण्डा भयो। हाम्रो पट्टी गुरु थ्यो किपर, म ब्याक्की बस्या थें। खेल सुरु भै सक्या थ्यो। हाम्रो साईड अलि बलियो परेछ क्यारे बल अर्को साईडमै धेरै हुन्थ्यो। म र गुरु फुर्सद। गुरु मान्छे सोझो थ्यो। तरुनीको गफ एकलौटी गर्न पाईन्थ्यो त्यो सँग।
खेल एक छिन सुरु भै सके पछि बाउ छोरी जस्ता देखिने दुई जना छीरे फिल्डमा। दुबै जना ट्र्याक सुटमा। उनीहरु फिल्डको चक्कर लाउन थाले। बाउ पनि संगै थिए र मात्रै नत्र मैले त छोरी चै मात्रै देख्थें। देब्रे तिर बाट उनीहरुले चक्कर लाउँदा म देब्रे तिरको ब्याक्की हुन्थें दाईने तिर उनीहरु आईपुग्दा म दाईने तिरको ब्याक्की हुन्थें। अब एक्लो ब्याक्की-- फिल्ड त कभर गर्नै पर्यो नी। के गर्ने?
--बल आयो भने आयो हैन भने बाउ छोरी कति बेला आउलान आफ्नो साईडको फिल्ड तिर जस्तो हुन थाल्या थ्यो आफुलाई। उनीहरुले तिन चार चक्कर जति ला थे होलान -- बाङ्गे खुट्टा खोच्याउँदै आयो। उ हाम्रो साईडको एउटा फरबार्ड थ्यो।
केही सोध्नु अघि नै "खुट्टा मडकियो जस्तो छ यार -- " भन्यो। अनि गुरुलाई गएर "-- ल गुरु एक छिन अगाडी जा त --म यहाँ रेस्ट गर्छु -- गोल्कीको आज खासै काम छैन" भन्यो। गुरु बत्तियो अगाडी।
बाङ्गे म तिर आयो। खोच्याउने त निक्कै कम भए जस्तो थ्यो छिनको छिनै। म नेर आएर भन्यो "क्या बुलेट है त्यो केटी?--- बाउ चै बरु एक निन्द्रा अरु सुतेर आ भे नी हुने नी---"
"तेरो खुट्टा सुट्टा केई मडक्या छैन हो कि हैन ल भन --" मैले सोधे उस्लाई।
"अब के गर्ने त -- अगाडी कुदेर केही हेर्नै पाईएन राम्रो सँग -- त्यस्तो राम्रो केटी चौराँ घुमीराछे म चै खाली ढाडीया बल कति लखेटीरहने त?"
एक छिन भा थ्यो केटी र बाउ हाम्रो साईड तिर आउँदै थिए, त्यै बेलाँ बल पनि आयो। "भाग्गेमा नभए पछि यस्तो हुन्छ--" बाङ्गे फतफताउँदै अलि अलि खोच्याको जस्तो गरेर पुग्यो पोस्ट तिर -- म पनि लागें आफ्नो काममा। कर्नल भो। एउटाले केरा सट कर्नल हान्छु भनेर गा थ्यो नङ सट हानेछ क्यारे उ पनि भुतुक्कै बल पनि आउट भो। त्यती गर्दा होर्दा केटीहरु अर्को तिर पुगीहाले। त्यो राउण्ड त्यतिकै भो।
अर्को राउण्ड ठीटीहरु आउँदा बल सेन्टर तिरै थ्यो। बाङ्गेलाई टेन्सन हाम्रो डि एरिया तिर बल आउने र पोस्ट छेउ तरुनी आउने बेला एकै पर्ला भनेर। "म अगाडी हुन्जेल, बल यता सेन्टर सम्म नी आउँदैन थ्यो अहिले हेरन अहिले" बाङ्गे झर्किदै थ्यो।
म बल तिर लागें बाङ्गे केटी तिर लागेछ। सबैले एकै स्वर्मा "ए बाङ्गे ए!" भनेर कराउँदा त बाङ्गे पोस्ट बाट उती पर केटी हेर्दै। फेरी खोच्याएको जस्तो नी गर्नु पर्ने। उ पोस्टाँ आउनु अघि नै बल छिरी हाल्यो। एका तिर बाट "गोल" भन्या घन्कियो अर्को तिर बाट बाङ्गे का बाङ्गे भन्या सुनियो। "के हेरीरा थिस बाङ्गे तँ?" "पोस्ट छोडेर